विक्कीको 'उरी : द सर्जिकल स्ट्राइक' दुई सय करोड क्लबमा 

खरीबोट

मुम्बई । बलिउड अभिनेता विक्‍की कौशलको फिल्म 'उरी : द सर्जिकल स्ट्राइक' ले भारतीय बक्स अफिसमा २ सय करोडको व्यापार गरेको छ । 

यस फिल्मबाट एकातिर विक्कीको चौतर्फी तारिफ भइरहेको छ भने अर्कोतिर फिल्मको व्यापार पनि बढि नै रहेको छ । 

बलिवुड फिल्म समीक्षक तरण आदर्शका अनुसार, यस फिल्मले बक्सअफिसमा दुई सय करोडको आँकडा पार गरेको छ । ४५ करोडमा बनेको फिल्मले प्रदर्शनको २८ दिनमा दुई सय करोडमाथि कमाउन सफल भएको हो । 

आदित्य धर निर्देशित यस फिल्ममा यामी गौतम, मोहित रैना, कीर्ति कुल्हाड, परेश रावललगायतको पनि अभिनय छ । साल २०१६ मा भारतीय सेनाद्वारा पाकिस्तानमा पसेर आतंककारीमाथि गरेको सर्जिकल स्ट्राइकको घटनामा फिल्म आधारित छ । 

उक्त हमलामा १९ भारतीय सेना शहिद भएका थिए । यो घटनाको करीब एक सातापछि भारतीय सेनाले नियन्त्रण रेखामा गएर सर्जिकल स्ट्राइक गरेको थियो, जसमा सम्पूर्ण आतंककारी मारिएका थिए । सोहि कथामा बनाइएको यो फिल्म अहिले भारतमा सेना, राजनीतिज्ञ देखि सबैले हेर्दै अत्यन्त मन पराएका छन् ।
 

सम्बन्धित समाचार

बक्सअफिसमा पहिलो दिन नै छायो ‘गली ब्वाय’

मुम्बई । बलिवुडको भ्यालेन्टाइन डे को दिन रिलिज भएको फिल्म गली ब्वायले भारतीय बक्स अफिसमा उत्कृष्ट सुरुवात गरको छ । फिल्मले पहिलो दिन १९ करोड ४० लाख कलेक्सन गरेको फिल्म विश्लेषक

बलिवुड अभिनेत्रीहरु जो प्रेममा भए असफल

मुम्बई । बलिवुड अभिनेत्रीहरुको अफ्येर्सले सधै बलिवुड प्रेमीबीच चर्चा पाउने गर्दछ । आज भ्यालेन्टाइन डेको दिन हामीले बलिवुडमा आफ्नो रपममा असफल भएका केहि अभिनेत्रीहरुको चर्चा गर्दै छौ । यस सूचीमा ९०

बलिवुड अभिनेत्रीहरु जसले विदेशीसँग विवाह गरे 

मुम्बई । बलिवुडमा अहिले अभिनेता अभिनेत्रीहरुले धमाधम विवाह गरिरहेका छन् । हालै अभिनेत्री प्रियंका चोपडा, अनुष्का शर्मा दीपिका पदुकोनेले विवाह गरेका छन् । यस रिपोर्टमा हामीले विदेशीसँग विवाह गरेका केहि बलिवुड

विक्की कौशल यी अभिनेत्रीसँग गर्दैछन् डेट 

मुम्बई । बलिवुड अभिनेता विक्की कौशल यति बेला बलिवुडका सबै भन्दा सफल अभिनेता मध्येका एक हुन् । पछिल्लो समय एक पछि अर्को सुपरहिट फिल्म दिएका विक्कीको पछिल्लो फिल्म उरी एक सर्जिकल


z