• २०८१ बैशाख १३ बिहीबार

विक्कीको 'उरी : द सर्जिकल स्ट्राइक' दुई सय करोड क्लबमा 

kharibot

मुम्बई । बलिउड अभिनेता विक्‍की कौशलको फिल्म 'उरी : द सर्जिकल स्ट्राइक' ले भारतीय बक्स अफिसमा २ सय करोडको व्यापार गरेको छ । 

यस फिल्मबाट एकातिर विक्कीको चौतर्फी तारिफ भइरहेको छ भने अर्कोतिर फिल्मको व्यापार पनि बढि नै रहेको छ । 

बलिवुड फिल्म समीक्षक तरण आदर्शका अनुसार, यस फिल्मले बक्सअफिसमा दुई सय करोडको आँकडा पार गरेको छ । ४५ करोडमा बनेको फिल्मले प्रदर्शनको २८ दिनमा दुई सय करोडमाथि कमाउन सफल भएको हो । 

आदित्य धर निर्देशित यस फिल्ममा यामी गौतम, मोहित रैना, कीर्ति कुल्हाड, परेश रावललगायतको पनि अभिनय छ । साल २०१६ मा भारतीय सेनाद्वारा पाकिस्तानमा पसेर आतंककारीमाथि गरेको सर्जिकल स्ट्राइकको घटनामा फिल्म आधारित छ । 

उक्त हमलामा १९ भारतीय सेना शहिद भएका थिए । यो घटनाको करीब एक सातापछि भारतीय सेनाले नियन्त्रण रेखामा गएर सर्जिकल स्ट्राइक गरेको थियो, जसमा सम्पूर्ण आतंककारी मारिएका थिए । सोहि कथामा बनाइएको यो फिल्म अहिले भारतमा सेना, राजनीतिज्ञ देखि सबैले हेर्दै अत्यन्त मन पराएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै