• २०८१ बैशाख ७ शुक्रबार

डडेलधुराको नवदुर्गामा प्रभु बैंकको नयाँ शाखा 

kharibot

काठमाडौँ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंक लि.ले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा आजदेखि बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा आएको छ । 

नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टज्यूबाट एक समारोहका विच बैंकको नवदुर्गा शाखा कार्यालय समुद्घाटन भएको हो । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथी नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टज्यूले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको नवदुर्गा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै