• २०८१ बैशाख ४ मंगलबार

आलिया करण जोहरको कठपुतली – कंगना रनावत 

kharibot

काठमाडौं । बलिवुड अभिनेत्री कंगना रनावतले अर्की अभिनेत्री आलिया भट्ट करण जोहरको कठपुतली भएको आरोप लगाएकी छन् ।

आफ्नो हालै रिलिज भएको फिल्म मणिकर्णिकाको रिलिजका कारण चर्चामा रहेकी कंगनाले आलियालाई आफ्नो फिल्मलाई सपोर्ट नगरेको आरोप लगाएको केहि समय पछि फेरी करण जोहरको कठपुतली भएको आरोप लगाएकी हुन् ।

कंगनाले आलियाले आफुलाई अझै सशक्त बनाउनुपर्ने भन्दै महिलाको प्रमुख भूमिका भएका फिल्मलाई सपोर्ट गर्नु पर्ने बताएकी हुन् । कंगनाले आलियाको आफ्नो केहि आवाज छैन भने उनी केवल करण जोहरको कठपुतली हुन् भनेकी छन् । कंगनाले अगाडी भनेकी छन्, ‘यदि तपाइँ पैसा कमाउन मात्र काम गर्नुहुन्छ आफ्नो आवाज छैन भने त्यसलाई म सफलता भन्दिन ।’

कंगनाले उनीहरुको फिल्म आउदा आफुले त्यसको बारेमा बोलेको तर मेरो फिल्म आउदै कोहि नबोलेको भन्दै आफुले जवाफमा कुनै प्रसंशा या फिडब्याक नपाएको गुनासो गरीन् । 

कंगनाले आफुलाई करण जोहरको कठपुतली भनेपछि आलियाले भने आफुले कंगनालाई निकै सम्मान गर्ने र यस बारेमा आफुले उनीसँग भेटेरै कुरा गर्ने प्रतिक्रिया दिएकी छन् ।

आलियाले आफ्नो कंगना प्रति निकै सम्मान रहेको र उनका बारेमा आफुले मिडियामा प्रतिक्रिया नदिने बताएकी छन् ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै