मेलम्चीमा काम गर्ने कर्मचारीको पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची आयोजनामा कार्यरत झण्डै ८०० कर्मचारीको तलब तथा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । 

समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरुङभित्र धुवाँ धूलोमा काम गरेका कर्मचारीले तीन महीनाको तलब तथा सञ्चयकोष नपाएको जानकारी दिइयो । कर्मचारीलाई पारिश्रमिक उपलब्ध नगराएसम्म काम गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् । सङ्घर्ष समितिका संयोजक श्रीराम न्यौपानेले आयोजनामा कर्मचारीसहित एक हजारभन्दा बढी व्यक्ति पीडित भएको बताए । 

“रु एक अर्ब ६२ करोड भुक्तानी पाउन बाँकी छ,” उनले भने । उच्च तहका कर्मचारीले मेलम्चीलाई अनुचित लाभको स्रोत बनाउन मेलम्ची आयोजना रद्द गरेको न्यौपानेको आरोप थियो । भुक्तानी नभएसम्म ‘नो सप्लाइ नो वर्क’ अभियान थाल्ने उनले बताए । 

आयोजनामा नेपाली कर्मचारीको नेतृत्व गर्दै आएका देवीरमण अधिकारीले कर्मचारीले तलब नपाएपछि विचल्लीमा परेका बताए । समितिका सचिव विष्णुमणि आचार्यले आयोजनासँग रु ३८ करोड भुक्तानी नगरी सरकारले आयोजनासँगको करार तोडेको बताए ।
 

सम्बन्धित समाचार

मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा

सिन्धुपाल्चोक । मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन्

खानेपानी मन्त्रीलाई सांसदहरुको प्रश्न – मेलम्ची कहिले आउछ ?

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा खानेपानीमन्त्री वीना मगरले सांसदहरुको प्रश्नको जवाफ दिएकी छन् । प्रश्नोत्तरमा नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले सटिक प्रश्न राख्दै काठमाडौँबासीले मेलम्चीको खाने पानी कहिले खान

मेलम्ची प्रकरणमा खानेपानी सचिव हटाइए 

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई काममा फर्काउने अवरोध गरेको भन्दै खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको सरुवा गरेको छ ।  मेलम्ची प्रकरणमा मन्त्री र सचिवबीचको विवाद उत्कर्षमा पुगेपछि

मेलम्चीपछि तनहुँ सेतीले पनि तोड्यो सिएमसीसँगको ठेक्का

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले इटालीको ठेकेदार सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ ।  तोकिएको समयमा ठेकेदार काम गर्न नआएपछि आयोजनाले ठेक्का सम्झौता तोडेको हो ।


z