• २०८१ बैशाख ८ शनिबार

मेलम्चीमा काम गर्ने कर्मचारीको पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग

kharibot

फाइल तस्बीर

काठमाडौँ । मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची आयोजनामा कार्यरत झण्डै ८०० कर्मचारीको तलब तथा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । 

समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरुङभित्र धुवाँ धूलोमा काम गरेका कर्मचारीले तीन महीनाको तलब तथा सञ्चयकोष नपाएको जानकारी दिइयो । कर्मचारीलाई पारिश्रमिक उपलब्ध नगराएसम्म काम गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् । सङ्घर्ष समितिका संयोजक श्रीराम न्यौपानेले आयोजनामा कर्मचारीसहित एक हजारभन्दा बढी व्यक्ति पीडित भएको बताए । 

“रु एक अर्ब ६२ करोड भुक्तानी पाउन बाँकी छ,” उनले भने । उच्च तहका कर्मचारीले मेलम्चीलाई अनुचित लाभको स्रोत बनाउन मेलम्ची आयोजना रद्द गरेको न्यौपानेको आरोप थियो । भुक्तानी नभएसम्म ‘नो सप्लाइ नो वर्क’ अभियान थाल्ने उनले बताए । 

आयोजनामा नेपाली कर्मचारीको नेतृत्व गर्दै आएका देवीरमण अधिकारीले कर्मचारीले तलब नपाएपछि विचल्लीमा परेका बताए । समितिका सचिव विष्णुमणि आचार्यले आयोजनासँग रु ३८ करोड भुक्तानी नगरी सरकारले आयोजनासँगको करार तोडेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै