• २०८१ बैशाख ८ शनिबार

काष्ठमण्डपका तीन स्तम्भ विधिपूर्वक पूजा गरेपछि कार्यस्थलमा

kharibot

काठमाडौँ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्र नजीकै रहेको काष्ठमण्डप पुनःनिर्माणका लागि आवश्यक तीन स्तम्भ हनुमानढोका क्षेत्रबाट निर्माणस्थलमा आज लगिएको छ । 

हनुमानढोकामा आज आयोजित कार्यक्रममा २५ फिट लम्बाइको उक्त स्तम्भलाई विधिविधानपूर्वक पूजा गरेपछि सेना, स्थानीयलगायत सहयोगमा डोरीले बाँधेर कार्यस्थलमा पुर्याइएको छ । उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र बिना श्रेष्ठ तथा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीलगायत सहभागी थिए । 

विसं २०७२ मा गएको भूकम्पले क्षतिग्रस्त सातौ सताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि केही महीनाअगाडि प्रदेशसभा सदस्य राजेश शाक्यको संयोजकत्वमा समिति गठन गरिएको थियो । काठमाडौँ महानगरपालिका–२० मा पर्ने काष्ठमण्डपको उत्खननपछि सातौँ शताब्दीका चट्टान फेला परेको थियो । 

तीन तलेको स्वरुपमा रहेको उक्त सम्पदालाई पुराना प्रविधिको प्रयोग गरी सोही संरचनाअनुसार तीन वर्षको अवधिमा निर्माण गरिनेछ । यसको पुनःनिर्माणका लागि महानगरपालिकाले समितिलाई रु साढे पाँच करोड उपलब्ध गराएको जनाइएको छ । 

सांसद शाक्यले आगामी असार मसान्तभित्र सम्पदाको एक तला निर्माण गरिने बताउँदै अहिलेसम्म करीब ९० लाख खर्च भएको जानकारी दिए । गत कात्तिक २२ गतेदेखि निर्माण कार्य शुरु गरिएको काष्ठमण्डपमा क्रेन, डोजर, अत्याधुनिक प्रविधिको प्रयोग नगरिने समितिले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै