• २०८१ बैशाख ८ शनिबार

चेल्सीमाथि म्यानचेस्टर सिटीको शानदार जित, अग्युरोको रेकर्ड ह्याट्रिक

kharibot

 काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले चेल्सीलाई लज्जाजनक हार चखाएको छ । गएराती भएको खेलमा सिटीले चेल्सीविरुद्ध ६ गोल गर्दै ६-० को जित हासिल गरेको हो ।

सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे भने रहिम स्टरलिङले २ गोल गरे । त्यस्तै गुन्दोगनले एक गोल गरेका थिए ।

सर्जियो अग्युरोले प्रिमियर लिगमा एघार ह्याट्रिक गर्दै एलेन शिरएरको रेकर्डको बराबरी गरेका छन् । उनको सिटीका लागि सबै प्रतियोगितामा यो १५औ ह्याट्रिक हो ।

चेल्सीको सन् १९९१ मा नोटिङघम फरेस्टसँगको ७-० को हारपछिको यो सबै भन्दा ठुलो हार हो ।

सिटी जितपछि फेरी लिगको शिर्ष स्थानमा पुगेको छ । सिटीले २७ खेलमा ६५ अंक बटुल्दै लिगको शिर्ष स्थानमा पुगेको छ । सिटी भन्दा एक खेल कम खेलेको लिभरपुल २६ खेलमा ६५ अंकसहित नै गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।


    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै