रोनाल्डोको गोलमा युभेन्टस विजयी

खरीबोट

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले सासुलोलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले सासुलोलाई ३-० गोल अन्तरले पराजति गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, सामी खेदिरा र इमरे क्यानले एक एक गोल गरेका थिए । रोनाल्डोले यस खेलमा गोल गर्दै इटालियन सिरी ए मा आफ्नो गोल संख्या १८ पुर्याएका छन् ।

साथै रोनाल्डोले सबै प्रतियोगितामा १३ सिजनमा २० भन्दा बढी गोल गरेका छन् । जसमा रियल म्याड्रिडमा ९ सिजन, म्यानचेस्टर युनाइटेडमा ३ सिजन र युभेन्टसमा एक सिजन उनले २० भन्दा बढी गोल गरेका छन् ।

साथै युभेन्टसको यो लगातार २४औ अवे खेलमा अपराजित रहेको छ । जसमा २० जित र ४ बराबरी रहेका छन् । 

जितपछि युभेन्टसले लिगमा २३ खेलमा ६३ अंक हासिल गर्दै लिगमा दोस्रो स्थानमा रहेको नापोलीविरुद्ध ११ अंकको अग्रता हासिल गरेको छ ।

सम्बन्धित समाचार

एथलेटिकोले युभेन्टसलाई हरायो, फेलिक्सको उत्कृष्ट खेल

काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत एथलेटिको म्याड्रिडले युभेन्टसलाई पराजित गरेको छ । गएराती भएको खेलमा एथलेटिकोले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । एथलेटिकोको जितमा पोर्चुगलका युवा खेलाडी जोअओ फेलिक्स

डेडलाइन डे : डिबाला युभेन्टसमै बस्ने, लुकाकु पुगे इन्टरमिलान

काठमाडौँ । प्रिमियर लिगको खेलाडी ट्रान्सफरको डेडलाइन डेको अन्तिम समयमा केहि खेलाडी ट्रान्सफर भएपनि केहि चर्चित ट्रान्सफर हुने सम्भावना सकिएको छ । अहिलेसम्मको सम्झौता अनुसार म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाकुले युनाइटेड छोडेर

युवा खेलाडी मोइस कीनले युभेन्टस छोडे

काठमाडौँ । इटालीका युवा खेलाडी मोइस कीन युभेन्टस छोडेर प्रिमियर लिग क्लब एभर्टन आएका छन् । १९ बर्षिय युवा खेलाडी कीनले एभर्टनसँग सम्झौता गरेको क्लबले जानकारी दिएको छ । कीनलाई भित्र्याउन

म्यानचेस्टर युनाइटेडमा जान डिबालालाई रोनाल्डोको सल्लाह !

काठमाडौँ । अर्जेन्टिनी फुटबलर पाउलो डिबाला प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने तयारीमा रहेका छन् । युभेन्टस र युनाइटेडका बिचमा डिबाला र रोमेलु लुकाकुका विषयमा सहमति हुन् लागेको बताइएको छ । लुकाकु


z