काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले सासुलोलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले सासुलोलाई ३-० गोल अन्तरले पराजति गरेको हो ।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, सामी खेदिरा र इमरे क्यानले एक एक गोल गरेका थिए । रोनाल्डोले यस खेलमा गोल गर्दै इटालियन सिरी ए मा आफ्नो गोल संख्या १८ पुर्याएका छन् ।
साथै रोनाल्डोले सबै प्रतियोगितामा १३ सिजनमा २० भन्दा बढी गोल गरेका छन् । जसमा रियल म्याड्रिडमा ९ सिजन, म्यानचेस्टर युनाइटेडमा ३ सिजन र युभेन्टसमा एक सिजन उनले २० भन्दा बढी गोल गरेका छन् ।
साथै युभेन्टसको यो लगातार २४औ अवे खेलमा अपराजित रहेको छ । जसमा २० जित र ४ बराबरी रहेका छन् ।
जितपछि युभेन्टसले लिगमा २३ खेलमा ६३ अंक हासिल गर्दै लिगमा दोस्रो स्थानमा रहेको नापोलीविरुद्ध ११ अंकको अग्रता हासिल गरेको छ ।