• २०८१ बैशाख ६ बिहीबार

बार्सिलोना बराबरीमा रोकिएपछि रियललाई फाइदा !

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना एथलेटिको बिल्बाओ क्लबसँग गोल रहित बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा बार्सिलोना एथ्लेतिको बिल्बाओ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । एथलेटिक बिल्बाओको घरेलु मैदानमा भएको खेलमा मेसीसहित मैदानमा उत्रिएको बार्सिलोना कुनै गोल गर्न नसकी बराबरीमा रोकिएपछि दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँगको अग्रता अब ६ अंकमा सिमित भएको छ ।

बिल्बाओका ओस्कार डे मार्कोस खेलको अन्तिम समय इन्जुरी समयमा दोस्रो पहेलो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । 

बार्सिलोनाको २३ खेलमा ५१ अंक भएको छ भने रियल म्याड्रिडको २३ खेलमा ४५ अंक रहेको छ ।

बार्सिलोनाले अब अर्को खेल शनिबार रियल भल्लाडोइडसँग आफ्नै घरेलु मैदानमा खेल्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै