• २०८१ बैशाख ६ बिहीबार

विद्यार्थीको उत्साहजनक सहभागितामा “विन्टर लेक्चर सिरिज इन नाचुरल साइन्स सुरू”

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा तीन दिने विन्टर लेक्चर सिरिज इन नाचुरल साइन्स सुरु भएको छ । 

भौतिकशास्त्र केन्द्रिय विभागका प्रमुख प्रा.डा. बिनिल अर्याल सभापति रहेको कार्यक्रमको प्रमुख अतिथि प्रा. डा. निलम श्रेष्ठ रहेकी थिइन् । 

भौतिकशास्त्र केन्द्रिय विभाग र रसायनशास्त्र केन्द्रिय विभागको सह-आयोजनामा सञ्चालित यस कार्यक्रमको उद्घाटन समारोहमा रसायनशास्त्र केन्द्रिय विभागका प्रमुख प्रा.डा. रामचन्द्र बस्नेत, त्रिवि केन्द्रिय क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रा. डा. मोतिलाल शर्मा, नेपाल भौतिक विज्ञान समाजका अध्यक्ष प्रा. डा. प्रदिप कुमार भट्टराई, प्रा. डा. राजु खनाल, प्रा. डा. निरञ्जन पराजुली, सह-प्राध्यापक उद्धव राज खनाल लगायतको सहभागिता थियो।

यस कार्यक्रममा उपस्थित अतिथिहरुले विज्ञानमा दर्शनको महत्वको बारेमा चर्चा गरेका थिए । विज्ञानको शिक्षालाई दर्शनसँग जोड्न किन आवश्यक छ भन्ने विषयमा अतिथिहरुले जोड दिए । कार्यक्रममा प्रा. डा. बिनिल अर्यालले दुइ विभागका विद्यार्थीहरुले यस कार्यक्रमको आयोजनाका लागि गरेको मिहेनत र उत्साहको प्रशंसा पनि गरेका थिए ।

आठ वक्ताबाट प्रवचन हुने यस कार्यक्रमको पहिलो र अन्तिम दिन दर्शनमा केन्द्रित हुनेछ भने दोस्रो दिनमा विज्ञान लेखन सीप सम्बन्धि लेक्चरहरु हुनेछ । पहिलो दिन विज्ञान के र किन ? मा अन्नपुर्ण न्युरो अस्पतालका प्रमुख डा. वसन्त पन्त र पूर्वीय विज्ञान र दर्शनमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका सह-प्राध्यापक डा. सम्मोद आचार्यले प्रस्तुती दिएक थिए । 

कार्यक्रममा विभिन्न विषयका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै