भ्यालेन्टाईनमा दर्शकलाई प्रदीप र जसिताको घाम जुन उपहार 

खरीबोट

काठमाडौं । फिल्म लिली बिलीबाट चर्चित जोडी बनेका अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा आफ्ना प्रिय दर्शकलाई घाम जुन उपहार दिने भएका छन् । 

लभ स्टेशनको पहिलो गीत चाहिँदैन घाम जुन...को भिडियो दर्शकलाई भ्यालेन्टाईन उपहारको रुपमा प्रणय दिवसकै दिन बुढा सुब्बा डिजिटलबाट प्रदीप र जसिताले पस्कन लागेका हुन् । नयाँ वर्षको अबसर पारेर यी जोडीको नयाँ फिल्म लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुँदैछ ।

छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशनमा गत साता छायाँकन गरिएको यो गीतको भिडियो अभिनेता प्रदीप र अभिनेत्री जसिताको अहिलेसम्मकै सुन्दर स्थानमा छायाँकन गरिएको भिडियो सावित हुने विश्वास गरिएको छ । 

यो गीतलाई सुगम पोखरेल र रेश्मा पुनमगरले गाएका हुन् । जसमा दीपक शर्माको शब्द संगीत रहेको छ । गीत रिलिजको काउन डाउन बुढा सुब्बा डिजिटलबाट सुरु गरिसकिएको छ । गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन् ।

अभिनेता प्रदीप खड्काले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक सिनेमा बनेको बताएका छन् । यो पारिवारिक तथा सांगीतिक प्रेमकथामा आधारित रहेको र  अहिलेसम्मको काम प्रसँसनीय भएको यी अभिनेताले जानकारी गराए । नयाँ गीत घाम जुन नै चाहिँदैन पनि साह्रै मिठो र भिजुअल रुपमा निकै सुन्दर बनेको उनको कथन छ । आफ्ना प्रसँसकका लागि भ्यालेन्टाईनमा यो आफु र जसिताको सुन्दर र मिठास उपहार हुने विश्वास प्रदीपको छ । 

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्  । 
आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।


 

सम्बन्धित समाचार

फिल्म 'च च हुई' को पोस्टर सार्वजनिक

काठमाडौँ । अभिनेता आर्यन सिग्देलको आउँदो फिल्म 'च च हुई' को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुइ पोस्टरमा आर्यनलाई फ्रेस देख्न सकिन्छ । उनको साथमा को-स्टार मिरुना मगर र

वरिष्ठ कलाकार अधिकारीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

काठमाडौँ । वरिष्ठ कलाकार शुभद्रा अधिकारीको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । दम र निमोनिया रोगले पीडित अधिकारीको आज बिहान निधन भएको थियो । नृत्य, रङ्गमञ्च हुँदै चलचित्र कलाकारका रुपमा

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाडौँ ।  वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट

फिल्म ‘ऐश्वर्य’ युट्युबमा रिलिज

काठमाडौँ ।  बिस २०७४ को सफल फिल्म ‘ऐश्वर्य’ आज विहिबार युट्युबमा रिलिज गरिएको छ । 'तिमी रोएको पल' बोलको गीत हिट भएपछि फिल्मबाट पनि युट्युब रिलिजमा पनि सफल हुने अपेक्षा गरिएको


z