• २०८१ बैशाख ६ बिहीबार

डिपिएल : धनगढी स्टार्सले काठमाडौँलाई दियो १३३ रनको लक्ष्य

kharibot

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गतको पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौँ गोल्डेन्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको धनगढीले २० ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको हो ।

धनगढीका लागि अमित श्रेष्ठले सर्वाधिक ५० रन बनाएका थिए । अमितले ५० बलमा ५० रन बनाउदै डिपिएलको तेस्रो संस्करणको पहिलो खेलमा नै अर्धशतक बनाएका छन् ।

धनगढीका लागि सौरभ खनालले उत्कृष्ट फिनिस गर्दै १० बलमा २५ रन बनाउदै अविजित रहेका थिए ।

धनगढीका लागि सन्दीप रजालीले २८ रन बनाए भने पवन सराफले १९ रन बनाएका थिए । त्यस्तै सुनिल धमला ३ र रोहन मुस्तफा शुन्य रनमा आउट भएका थिए ।

काठमाडौँ गोल्डेन्सका नन्दन यादवले २ विकेट लिए भने ललित राजबंशी र अंकित दबासले एक एक विकेट लिएका थिए ।

काठमाडौँ गोल्डेन्सले अब केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै