महिला फुटबल : नेपाल–भारत भिड्दै

खरीबोट

काठमाडौँ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । 

नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ । 

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ । 

प्रतियोगितामा एक-एक जित निकालेको भारत र म्यानमारको समान तीन÷तीन अङ्क छ । नेपाल र इरानले अङक जोड्न सकेका छैनन् । राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् ।
 

सम्बन्धित समाचार

अमेरिकाले जित्यो महिला फुटबल विश्वकपको उपाधि

काठमाडौँ । महिला फुटबल विश्वकपको उपाधि अमेरिकाले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अमेरिकाले नेदरल्याण्डसलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । पहिलो

अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा

काठमाडौँ । अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा अमेरिकाले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । अमेरिकाको जितमा क्रिस्टेन प्रेस र एलेक्स

महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरलाई

काठमाडौं / पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे

महिला फुटबलःविराटनगरद्धारा धनगढी पराजित

काठमाडौं । राजधानीमा जारी उपमेयर कपअन्तर नगरपालिका महिला फुटबलमा विराटनगर महानगरपालिकाले धनगढी उपमहानगरपालिकालाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको छ ।  हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा शुक्रबार भएको खेलमा विराटनगरले


z