• २०८१ बैशाख ८ शनिबार

डिपिएलको पहिलो खेलमा काठमाडौँ गोल्डेन्स विजयी 

kharibot

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गतको पहिलो खेल काठमाडौँ गोल्डेन्सले जितेको छ । काठमाडौँ गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको हो ।

धनगढी स्टार्सले दिएको १३३ रनको लक्ष्य पछाएको काठमाडौँ गोल्डन्सले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

काठमाडौँका लागि अंकित दबासले सर्वाधिक २९ रन बनाएका थिए भने गौरव तोमारले २८ र अनिल कुमार शाहले २४ रन बनाएका थिए । त्यस्तै विक्रम भुसालले अविजित १४ र मोहमद आलमले अविजित १२ रन बनाउदै काठमाडौँलाई जिताएका थिए । काठमाडौँक कप्तान ज्ञानेन्द्र मल्ल ३ रन बनाएर आउट भए बहने सोनु तामाङ र यज्ञसिंह कार्की २-२ रन बनाएर आउट भए । 

धनगढी स्टार्सका रोहन मुस्तफाले ४ विकेट लिए पनि धनगढीलाई जिताउन भने सकेनन् । मुस्तफाले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै आमिर ह्यात र विपिन खत्रीले एक एक विकेट लिएका थिए ।   

यसअघि धनगढी स्टार्सले टस हारेर पहिला ब्याटिंग गरेको धनगढीले २० ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

धनगढीका लागि अमित श्रेष्ठले सर्वाधिक ५० रन बनाएका थिए । अमितले ५० बलमा ५० रन बनाउदै डिपिएलको तेस्रो संस्करणको पहिलो खेलमा नै अर्धशतक बनाएका छन् ।
धनगढीका लागि सौरभ खनालले उत्कृष्ट फिनिस गर्दै १० बलमा २५ रन बनाउदै अविजित रहेका थिए ।

धनगढीका लागि सन्दीप रजालीले २८ रन बनाए भने पवन सराफले १९ रन बनाएका थिए । त्यस्तै सुनिल धमला ३ र रोहन मुस्तफा शुन्य रनमा आउट भएका थिए ।

काठमाडौँ गोल्डेन्सका नन्दन यादवले २ विकेट लिए भने ललित राजबंशी र अंकित दबासले एक एक विकेट लिएका थिए ।

आजै प्रतियोगिताको दोस्रो खेल महेन्द्र नगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै