• २०८१ बैशाख १२ बुधबार

आइसीसीको टी-२० वरियतामा पारस खड्का शिर्ष ४० भित्र 

kharibot

काठमाडौँ । आइसीसीको नयाँ वरियतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डरमा ७६ अंकका साथ् ३९औ स्थानमा रहेका छन् । 

युएईसँग हालै टी-२० सिरिज २-१ ले जितेपछि खड्काले क्यारियरकै उच्च रेटिंग अंक प्राप्त गर्दै ३९औ स्थानमा ठाउ बनाएको आइसीसीले जनाएको छ ।

त्यस्तै टी-२० कै ब्याटिंग वरियतामा पनि पारसले ५ स्थान सुधार गर्दै ९०औ स्थानमा रहेका छन् ।

त्यस्तै नेपाली बलर सोमपाल कामीले बलिङतर्फ २२ स्थान सुधार गर्दै ४०९ रेटिंग अंकका साथ ७१औ स्थानमा आफ्नो ठाउ बनाएका छन् । त्यस्तै सोमपाल अलराउन्डरको वरियतामा भने ६० रेटिंग अंकसहित ५१औ नम्बरमा रहेका छन् ।

त्यस्तै नेपाली बलर सन्दीप लामीछाने पनि ३६ स्थान सुधार गर्दै १५९औ नम्बरमा रहेको आइसीसीले जनाएको छ ।

आइसीसीले आज जारी गरेको नयाँ वरियतामा अलराउन्डरतर्फ अस्ट्रेलियाका ग्लेन म्याक्सवेल शिर्ष स्थानमा रहेका छन् । त्यस्तै बलिङतर्फ अफगानिस्तानका राशिद खान शिर्ष स्थानमा रहेका छन् भने ब्याटिंगतर्फ पाकिस्तानका बबर आजम शिर्ष स्थानमा रहेका छन् । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै