• २०८१ बैशाख ८ शनिबार

नेप्सेमा सामान्य अंकको सुधार

kharibot

काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार नेप्सेमा सामान्य अंकले सुधार आएको छ । 

आज नेप्से एक दसमलव ३४ अंकले बढेर ११ सय २८ दसमलव ८६ बिन्दुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव १९ अंकले बढेर दुई सय ४० दसमलव ४० बिन्दुमा चढेको छ । 

एक सय ६६ कम्पनीहरुको चार हजार नौ सय ८२ वटा कारोवारमा छ लाख ८७ हजार तीन सय ३६ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २० करोड २७ लाख १४ हजार २२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा बाँणिज्य बैंक र उत्पादनमुुलक समुहको सुचक क्रमश एक दसमलव ४८ र १० दसमलव २४ बिन्दुले घटेकाछन बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये बिकास बैक समुहको सुचक १३ दसमलव ७१ अंकले बढेर १४ सय ३५ दसमलव ९९ बिन्दुमा चढ्दा जलबिद्युत समुहको सुचक दुई दसमलव ४४ अंकले बढेर ११ सय ४६ दसमलव ३९ बिन्दुमा चढेको छ । फाईनान्स समुहको सुचक पनि आज दुई दसमलव चार अंकले बढेर पाँच सय ९६ दसमलव ३८ बिन्दुमा चढेको छ । लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल र अन्य समुहको सुचकमा पनि सुधार आएको छ ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको चौतारी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८९ पैसाले बढेर तीन सय ११ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको बरुण हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँले घटेर ९७ रुपैयाँमा कारोवार भएको छ । यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता दुई सय ३२ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ४० लाख ६५ हजार छ सय ९४ रुपैयाँ पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै