• २०८१ बैशाख १२ बुधबार

राष्ट्र बैंकद्धारा पुर्वाधार बिकास बैकलाई सञ्चालन अनुमती

kharibot

काठमाडौ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी र प्रयासबाट मिति २०७५ जेष्ठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई राष्ट्रियस्तरको पूर्वाधार विकास बैंककोरुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले कारोवार सञ्चालन गर्नको लागि अनुमती पाएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालबाट वित्तीय कारोबार गर्नको लागि उक्त बैंकले अनुमती पाएको हो ।  

४० अर्ब रुपैयाँ धिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्व चुक्ता पूँजी रहेको बैंकले सार्वजनीक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, उर्जा, पर्यटन, सेज, आधुनीक शहरी पूर्वाधार, सूचना प्रविधी लगायत) विकासमा अग्रणी भुमिका निर्वाह गर्ने लक्ष्य लिएको छ । 

नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको बैंकको मुख्य कार्य क्षेत्र अन्र्तगत राष्ट्रिय, प्रादेशिक तथा स्थानीयस्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरीक र वाह्य स्रोत जुटाउने रहेको छ । 

बैक स्थापनार्थ सहयोग गर्नुहुने अर्थमन्त्रालय–नेपाल सरकार, उद्योग मन्त्रालय–नेपाल सरकार, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, संस्थापकहरु, बैंक संचालक समिति, संचारकर्मी, कर्मचारी लगायत सम्पुर्ण सुवेच्छुकहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्तै सहयोग र साथको अपेक्षा गरेको समेत जनाएको छ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै