गैँडा गणना गर्न दाता खोज्दै विभाग

खरीबोट

फाइल तस्बीर

चितवन । एकसिङ्गे गैँडा गणना गर्न सरकारी बजेट नभएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दाताको खोजी गरिरहेको छ । विभागले मार्च-अप्रिलमा गैँडा गणनाको तयारी गरेको छ । तर बजेट नभएपछि दाताको खोजी गर्नुपरेको हो । 

विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गैँडा गणनाका लागि करीब रु एक करोड खर्च हुन्छ । त्यसका लागि यसअघि पनि सहयोग गरिरहेका दातृ निकायसँग सहयोगका लागि प्रस्ताव गरिएको उनले बताए । मार्च-अप्रिलमा गैँडा गणनाको तयारी गरिएको भए पनि बजेटको निर्क्यौल भइनसकेकाले मिति तय गर्न नसकिएको खड्काले बताए । 

उनले भने, “हामीसँग पैसा छैन, दाता खोजिरहेका छौँ । दाताको टुङ्गोसँगै गणनाको मिति तय हुन्छ ।” यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । गत वर्षको वर्षात्मा बाढीले धेरै गैँडा बगाएको र कालगतिका कारण धेरै गैँडा मरेकाले यो वर्षको गणनालाई महत्वका साथ हेरिएको छ ।    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले गैँडा गणना गर्न २५ दिन लाग्ने बताए । उनले चितवनको गणनाका लागि मात्रै रु एक करोड बजेट आवश्यक पर्ने भन्दै विभागमा माग गरिएको बताए । 

निकुञ्जमा गैँडा गणनाका क्रममा १७० जना जनशक्ति र ३५ हात्ती परिचालन गरिनेछ । ढकालका अनुसार रु ५१ लाख हाराहारी खानामा मात्रै खर्च हुने गर्दछ । यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्दछ । प्रत्यक्ष गणना गर्नुपर्ने भएकाले गैँडा गणनाका क्रममा निकुञ्जको पूरै भागको अवस्थासमेत थाहा हुनुपर्दछ । 
पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन् जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन् । 
 

सम्बन्धित समाचार

गैँडा गणना गर्न दाता खोज्दै विभाग

चितवन । एकसिङ्गे गैँडा गणना गर्न सरकारी बजेट नभएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दाताको खोजी गरिरहेको छ । विभागले मार्च-अप्रिलमा गैँडा गणनाको तयारी गरेको छ । तर बजेट

गत बर्ष बाढीले बगाएर भारत पुगेको गैँडा फिर्ता ल्याइयो

चितवन। विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुरयाएको करीब १५-२० वर्षको पोथी गैँडालाई गए

गैँडाकोटमा ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरी आमालाई लक्षित गरी ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम लागू गरेको छ । विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रम अघि बढाइएको हो । गैँडाकोट नगर

गैँडा बस्ती पस्न थालेपछि स्थानीय त्रसित

चितवन । चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका बस्तीसँगै शहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । निकुञ्जमा गैँडाको


z