डिपिएलमा पहिलो दिन दुई खेलाडीलाई कारवाही 

खरीबोट

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको पहिलो खेलमा दुई खेलाडीलाई आइसीसीको नियम अन्तर्गत कारवाहीमा परेका छन् ।

कारवाहीमा पर्नेमा रुपन्देही च्यालेन्जर्सबाट खेल्ने भारतीय खेलाडी पुनित मेहेरा र महेन्द्रनगर युनाइटेडबाट खेल्ने कुशल मल्ल रहेका छन् ।

मेहरा र मल्ललाई आइसीसीको लोगो पोलिसी अन्तर्गत कारवाही गरिएको आयोजकले जानकारी दिएका छन् । उनीहरुले आइसीसीको लोगो पोलिसीलाई उलंघन गरेको भन्दै म्याच रेफ्री समीर खानले आइसीसीको लेभल वान चार्ज गरिएको बताइएको छ ।

आइसीसीको लेभल वान अफेन्स अनुसार खेलाडीलाई म्याच फिसको शुन्य देखि ५० प्रतिशतसम्म जरिवाना हुने व्यवस्था भएपनि उनीहरुलाई कुनै जरिवाना भने गरिएको छैन ।   

दुवै खेलाडीले आफ्नो गल्ति स्वीकार गरेकाले थप सुनुवाईको आवश्यकता नभएको आयोजकले जानकारी दिएका छन् । 
  
 

सम्बन्धित समाचार

डिपिएलमा दिपेन्द्रले जिते सुनको जुत्ता

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर सिवाइसी अत्तरिया कप्तान दिपेन्द्रसिंह ऐरी बनेका छन् ।  दिपेन्द्र मोस्ट भ्यालुएवल प्लेयर बन्दै उनले ‘गोल्डस्टार गोल्डेन शू’ जितेका छन्

डिपिएलको उपाधि अत्तरियाले जित्यो 

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि सिवाईसि अत्तरियाले जितेको छ । आज भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो । महेन्द्रनगरले दिएको

काठमाडौँले खेल बहिष्कार गरेपछि महेन्द्रनगर डिपिएलको फाइनलमा  

धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) को आज हुने क्वालिफायर्स काठमाडौं गोल्डेनले बहिष्कार गरेपछि महेन्द्रनगर युनाइटेड फाइनलमा पुगेको छ ।  डिपिएल आयोजकले काठमाडौँ गोल्डेन्सले खेल बहिष्कार गरेकाले आइसीसीको नियम अनुसार महेन्द्रनगर

खेलाडी प्रतिबन्धमा परेपछि काठमाडौँ गोल्डेन्सद्वारा क्वालिफायर बहिष्कार

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को आज हुने क्वालिफायर्स काठमाडौं गोल्डेनले बहिष्कार गरेको छ । आफ्ना अलराउन्डर खेलाडी अंकित डबासलाई बलिङ गर्न प्रतिवन्ध लगाइएको विषयमा असन्तुष्टि जनाउँदै उसले


z