काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको पहिलो खेलमा दुई खेलाडीलाई आइसीसीको नियम अन्तर्गत कारवाहीमा परेका छन् ।
कारवाहीमा पर्नेमा रुपन्देही च्यालेन्जर्सबाट खेल्ने भारतीय खेलाडी पुनित मेहेरा र महेन्द्रनगर युनाइटेडबाट खेल्ने कुशल मल्ल रहेका छन् ।
मेहरा र मल्ललाई आइसीसीको लोगो पोलिसी अन्तर्गत कारवाही गरिएको आयोजकले जानकारी दिएका छन् । उनीहरुले आइसीसीको लोगो पोलिसीलाई उलंघन गरेको भन्दै म्याच रेफ्री समीर खानले आइसीसीको लेभल वान चार्ज गरिएको बताइएको छ ।
आइसीसीको लेभल वान अफेन्स अनुसार खेलाडीलाई म्याच फिसको शुन्य देखि ५० प्रतिशतसम्म जरिवाना हुने व्यवस्था भएपनि उनीहरुलाई कुनै जरिवाना भने गरिएको छैन ।
दुवै खेलाडीले आफ्नो गल्ति स्वीकार गरेकाले थप सुनुवाईको आवश्यकता नभएको आयोजकले जानकारी दिएका छन् ।