• २०८१ बैशाख ८ शनिबार

अम्बानी परिवारका नयाँ पुस्ता जय अनमोलको नयाँ पारी

kharibot

मुम्बई । भारतमा व्यापारिक घरानामा नयाँ पुस्ताले आफ्नो विशेष ठाउ बनाउदै आएका छन् । भारतकै धनी अम्बानी परिवारमा अहिले नयाँ पुस्ताका एक युवाको चर्चा सुरु भएको छ ।

उनि हुन् अनिल अम्बानीका छोरा जय अनमोल अम्बानी । जय अनमोल अम्बानी अहिले २५ बर्षका भए । २५ बर्षका भएसँगै अनमोललाई रिलायन्स क्यापिटलको कार्यकारी निर्देशक बनाइएको छ । 

हालै भएको रिलायन्स क्यापिटलको साधारण सभामा अनमोलले सम्बोधन गर्दै पारिवारिक व्यापारमा आफ्नो पारी सुरु गरेका छन् । यस साधारण सभामा अनमोलले नयाँ हेल्थ इन्सुरेन्स कम्पनि खोल्ने घोषणा गरे । उनले भने रिटेल बजारमा आफ्नो मजबुत उपस्थितिका लागि नयाँ हेल्थ इन्सुरेन्स कम्पनी खोल्ने योजना बनिरहेको छ । यसको लागि अनुमतिपनि लिइसकेका छौ । आउदो बर्षसम्म यो सुरु हुदै छ ।‘

अनमोलको यो नयाँ पारीका लागि बलिवुडका महानायक अमिताभ बच्चनले समेत प्रसंशा गर्दै अनमोललाई बधाई दिएका छन् ।

को हुन जय अनमोल ?

अनमोल अनिल अम्बानी र टिना अम्बानीका जेठा छोरा हुन् । अहिले २५ बर्षका अनमोल दुई बर्ह्सको ट्रेनिंग पछि गत बर्ष रिलायन्स क्यापिटलमा अतिरिक्त निर्देशकको रुपमा सामेल भएका थिए । अहिले उनलाई रिलायन्स क्यापिटलको कार्यकारी निर्देशक बनाइएको छ ।

गतबर्ष अनमोललाई रिलायन्सको बोर्डमा सामेल गराउना साथ रिलायन्स क्यापिटलको सेयर ४० प्रतिशतले बढेको थियो । जय अनमोलले ब्रिटेनको वारिक विजनेस स्कुलबाट पढाई गरेका छन् । अनमोलका एक भाई छन् जसको संगीत क्षेत्रमा रुची रहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार जय अनमोलले अहिले रिलायन्स क्यापिटलबाट प्रति महिना करिब १० लाख तलब लिने गर्दछन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै