गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित

खरीबोट

कास्की । यहाँस्थित गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि कक्षाकोठा, कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेका विद्यार्थीले आइतबारदेखि मेडिकल कलेज परिसरमा रिले अनशन जारी छ । 

बिहान १० देखि साँझ ८ बजेसम्म विद्यार्थी अनशनमा बसेका छन् । आज विद्यार्थीले अस्पतालको बिल काउन्टरमा समेत तालाबन्दी गरे । अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने माग विद्यार्थीको छ । 

काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम रहे पनि विद्यार्थीले रु ५५ लाखभन्दा बढी शुल्क तिर्नु परेको विद्यार्थी सुमित घिमिरेले बताए । 

सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गरेको उनले बताए । “सन् २०१५ देखियताका एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ र बिएन लगायतका सम्पूर्ण विद्यार्थी आन्दोलनमा छौँ,” घिमिरेले भने । 

कलेज प्रशासनले भने सरकारले तोकेको शुल्क नै लिँदै आएको जिकिर गरेको छ । हरेक वर्ष शुल्क तयार हुने भएकाले ३ वर्षअघिको शुल्क अहिले लागू नहुने र कानूनअनुसार नै शुल्क लिएको जिकिर कलेज प्रशासनको छ । विद्यार्थीको आन्दोलनलाई अनेरास्ववियु, विवेकशील साझा पार्टी लगायतले पनि समर्थन गरेका छन् । 

सम्बन्धित समाचार

सिटीइभिटी परीक्षामा ३० नर्सिङ विद्यार्थी वञ्चित

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजमा अध्ययनरत ३० जना नर्सिङ विद्यार्थीको भविश्य अन्योलमा परेको छ । तीनवर्षे प्रमाणपत्र तहको

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

बलेवा । प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरुको तालाबन्दी

वीरेन्द्रनगर । तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन्  । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले

नदीले बगाउँदा विद्यार्थी बेपत्ता

मेलम्ची । सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् । आज बिहान ९:१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल


z