• २०८१ बैशाख १४ शुक्रबार

आर्सनलका मिडफिल्डर एरोन रामसीलाई युभेन्टसले भित्र्यायो  

kharibot

काठमाडौँ । आर्सनलबाट खेलिरहेका वेल्सका मिडफिल्डर एरोन रामसीले इटालियन कल्ब युभेन्टससँग सम्झौता गरेका छन् । 

पछिल्लो ११ बर्ष आर्सनलबाट खेलेका रामसीले आउदो जुलाई १ देखि युभेन्टसबाट खेल्ने गरि प्रि-सिजन सम्झौता गरेका हुन् । रामसीले आफै एक विज्ञप्ति निकाल्दै आफुले युभेन्टससँग सम्झौता गरेको सार्वजनिक गरेका छन् ।

रामसीएल युभेन्टससँग प्रति बर्ष ८ मिलियन डलर र बोनस पारिश्रमिक पाउने गरि सम्झौता गरेको गोल डट कमले उल्लेख गरेको छ ।

विज्ञप्तिमा रामसीले आफु टिनएजरको रुपमा क्लबमा आएदेखि नै क्लबका फ्यानले निकै सहयोग गरेको बताउदै आफ्नो राम्रो र नराम्रा दिनहरुमा फ्यानको सहयोग समर्थन पाएको उल्लेख गरेका छन् ।

रामसी सन् २००८ मा कार्डिफ सिटीबाट आर्सनल आएका थिए । यस सिजनमा नयाँ म्यानेजरसँग रामसीको त्यति राम्रो सम्बन्ध नरहेको बताइएको छ । यस सिजनमा उनले केवल ९ खेलमा मात्र सुरुवाती खेल खेल्न पाएका थिए भने १३ खेलमा उनी सबस्टिच्युटको रुपमा खेल्ने मौका पाएका थिए ।

रामसीले आर्सनलमा अहिलेसम्म सबै प्रतियोगितामा गरि ३५७ खेल खेलेका छन् भने ६१ गोल समेत गरेका छन् ।

वेल्सका लागि रामसीले अहिलेसम्म ५८ खेल खेल्दै १४ गोल गरेका छन् । उनले आर्सनलका लागि तीन पटक एफए कप, २ पटक कम्युनिटी सिल्ड जिताएका छन् ।   
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै