• २०८१ बैशाख १३ बिहीबार

माउन्टेन आईस प्रिमियम स्ट्रङ्ग बियर बजारमा 

kharibot

काठमाडौँ । बियर पारखीहरुको स्ट्रङ्ग बियर प्रतिको चाहनालाई मध्यनजर गर्दै जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरीले प्रिमीयम स्ट्रोङ्ग बियर, माउन्टेन आईस उपभोक्ता माझ बजारमा ल्याएको छ । 

माउन्टेन आईसले बियर पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट प्रिमीयम स्वादको उत्पादन बजारमा ल्याएको हो, अन्तराष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजन बाट उत्पादन गरिएको हुन्छ । 

६.५% अल्कोहल भोलुम र ६५० एम. एल. को बोतलको रु.२३० मुल्य भएको यस माउन्टेन आईसलाई ‘ब्रिउड फर एड्भेन्चर – रियल टेस्ट रियल बियर’ को ट्यागलाईन सहित, स्ट्रङ्ग, स्मुथ र रिफ्रेसिङ्ग अनुभव प्रदान गर्ने भनि बजारमा ल्याईएको हो । 

‘अन्तर्राष्ट्रियस्तरको स्ट्रङ्ग बियर अनुभबको माग बियर पारखीहरुमा बढेकाले, त्यो मागको पुर्ति गर्न माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ्गसहित ल्याईएको हो’, जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले बताए । 

‘स्ट्रङ्ग बियरको माग दिन प्रतिदिन बढ्दै गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरुको पहिलो रोजाईका लागि नै ल्याएको हो’, जावलाखेल गु्रप अफ ईन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक शसिन जोशीले बताए । 

राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिना देखि बिक्री बितरण सुरु हुने भए पनि नेपाल भरी भने केहि समयमै सुरु हुने छ । 

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पद्धार्थको उत्पादन तथा विक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो । डिस्टिलरी, बु्रअरी उत्पादन कक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका बिभिन्न श्रेणीका ब्रान्डहरु नेपाली बजार र अन्र्तराष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै