नयाँ दिल्लीको एक होटलमा आगलागी, १७ जनाको मृत्यु

खरीबोट

नयाँ दिल्ली (भारत) । दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।

करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित प्यालेस होटलमा मङ्गलबार विहान ४:३० बजे सो आगलागी भएको थियो ।

तत्काल वारूण यन्त्रसहित केही अग्निनियन्त्रक त्यसतर्फ गए पनि १७ व्यक्तिलाई जोगाउन नसकिएको प्रहरी उपआयुक्त एमएस रान्धावाले बताए ।

विभागका प्रमुख अतुल गर्गले भने,“ सूचना प्राप्त भएलगत्तै उद्धार टोलीलाई विहान ४:३५ बजे त्यसतर्फ पठाइएको र उक्त टोलीले होटलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेको थियो ।

उद्धार टोलीले घटनास्थलबाट एउटा अस्पतालमा १३ जनाको र अर्को अस्पतालमा अन्य चार जनाको शव अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको छ ।

एक महिला र एक बालकले आगलागीपछि आत्तिएर भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको होटलको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ ।

आगोमा जलेर घाइते भएका ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उप–आयुक्त एमएस रान्धावाले भने, “आगलागीबाट घाइते भएकाहरु मध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।”

आगलागी भएको सो चार तले होटलमा ३५ कोठा थिए । सोमबार उक्त होटलमा एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको रान्धावाले बताए ।

सम्बन्धित समाचार

भारतीय विदेशमन्त्री जयशंकर बुधबार नेपाल आउदै

काठमाडौँ । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले आगामी बुधबार नेपाल भ्रमणमा आउने भएका छन् । जयशंकर विदेशमन्त्री भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् । जयशंकर नेपाल भारत संयुक्त कमिसनको पाँचौ मन्त्रीस्तरीय बैठकमा

रवि शास्त्री फेरी बने भारतीय क्रिकेट टिमको कोच

काठमाडौँ । रवि शास्त्री भारतीय राष्ट्रिय क्रिकेट टिमको कोचमा फेरी नियुक्त भएका छन् । क्रिकइन्फोका अनुसार शास्त्रीलाई २०२१ मा हुने टी-२० विश्वकप सम्मका लागि मुख्य कोचमा नियुक्त गरिएको छ । भारतीय क्रिकेट

भारतीय सुमोको ठक्करले महिलाको मृत्यु

राजविराज । सुमो गाडीको ठक्करले सप्तरीमा आज एक महिलाको मृत्यु भएको छ । खड्ग नगरपालिका–४ करमनियास्थित पूर्वपश्चिम राजमार्गमा जेएच १५जे ३२०३ नम्बरको भारतीय नम्वरप्लेटको सुमोको ठक्करले को १ च ४२२८ नम्बरको

एसीसी २०२० क्यालेन्डर : छनौट जिते नेपाललाई भारत-पाकिस्तानसँग खेल्ने मौका

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । सार्वजनिक क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने


z