• २०८१ बैशाख ११ मंगलबार

डिपिएल : कैलाली डर्बीमा अत्तरिया विजयी 

kharibot

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत आजको पहिलो खेलमा भएको सिवाईसि अत्तरियाले धनगढी स्टार्सलाई पराजित गरेको छ ।

कैलालीका दुई स्थानीय टिमबीचको यो कैलाली डर्बीको रुपमा लिइएको यो खेलमा अत्तरियाले धनगढीलाई ५ रनले पराजित गरेको हो ।

अत्तरियाले धनगढीलाई १२ रनले पराजित गरेको हो । अत्तरियाले दिएको ९६ रनको लक्ष्य पछाएको धनगढी २० ओभमा ९० रन मात्र बनाएको थियों ।

धनगढीका लागि राजु रिजालले अविजित २६ रन बनाए भने रोहन मुस्तफाले १८, सन्दीप रजालीले ११, सोमपाल कामी १० रन बनाएर आउट भएका थिए । धनगढीका सुनिल धमला ४, अमित श्रेष्ठ र पवन सराफ शुन्यमा आउट भएका थिए ।

अत्तरियाका लागि भुवन कार्कीले ४ विकेट लिए भने सन्नी पटेलले २ विकेट लिएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अत्तरियाले २० ओभरमा ५ विकेट गुमाउदै ९९५ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेलले ३५ रन बनाएका थिए भने जय किसन कोल्सावालाले २१ रन बनाएका थिए ।

धनगढीका लागि रोहन मुस्तफाले २ विएक्त लिएका थिए भने सोमपाल कामी, अमीर ह्यात, विपिन खत्रीले एक एक विकेट लिएका थिए ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै