रनबीर र आलियाको किसिङ सिनमा सेन्सरको कैची  

खरीबोट

मुम्बई । बलिवुडमा अहिले अभिनेता रनबीर सिंह र आलिया भट्टको फिल्म गली ब्वायको चर्चा निकै चलिरहेको छ । फेब्रुअरी १४ मा रिलिज हुने यो फिल्म एक र्याप गायकको जिन्दगीमा आधारित रहेको छ । 

फिल्मको र्याप गीत अहिले निकै चर्चामा रहेको छ । चर्चित निर्देशक जोया अख्तरले निर्देशन गरेको यस फिल्ममा रनबीर सिंहले र्याप गायकको भूमिकामा रहेका छन् ।

यसै बीच भारतीय सेन्सर बोर्डले फिल्ममा रनबीर र आलियाबीचको किसिङ सिन हटाइदिएको छ । ट्रेलरमा समेत प्रयोग गरिएको सो सिनले टेलिभिजनलगायतका दर्शकलाई नकारात्मक असर गर्ने भन्दै सेन्सरले १३ सेकेन्ड कम गरेको बलिवुड हंगामाले उल्लेख गरेको छ । साथै किसीङ सिनको क्लोजअपलाई हटाएर वाइडर शट बनाइएको छ ।

साथै फिल्ममा अन्य कैयौ सिनमा सेन्सरले कैची चलाएको बताइएको छ । साथै फिल्ममा पार्टनरको रुपमा रक्सीका ब्रान्डलाई समेत हटाउन सेन्सरले निर्देशन दिएको छ ।

फिल्म प्रदर्शन अघि नै जर्मनीको बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको छ भने फिल्ममा रनबीर आलियाका साथै निर्देशक जोया अख्तरको समेत निकै तारिफ गरिएको छ ।
    
 
 

सम्बन्धित समाचार

अक्षयको मिशन मंगल सय करोड तिर, तीन दिनमा यस्तो छ कलेक्सन

मुम्बई । बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको अक्षयकुमार को फिल्म मिशन मंगलले पहिलो तीन  दिनमा रेकर्ड कलेक्सन गरेको छ । विहिबार रिलिज भएको फिल्मले तीन दिनमा ७०

साहोका लागि प्रभासले लिए सय करोड !

मुम्बई । अहिले बाहुबली फेम स्टार प्रभासको चर्चा बढिरहेको छ । बाहुबलीका दुई सिरिज पछि उनको पहिलो फिल्म साहो रिलिजको संघारमा रहेको छ । साहोको हालै सार्वजनिक गरिएको एक्सन प्याक ट्रेलरले

अक्षयको 'मिशन मंगल' अजय र सलमानको रेकर्ड तोड्न असफल

मुम्बई । बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको अक्षयकुमार को फिल्म मिशन मंगलले पहिलो दिन रेकर्ड कलेक्सन गरेको छ । मिशन मंगलले रिलिजको पहिलो दिन २९ करोड १६

गायक मीका सिंहलाई बलिवुडमा प्रतिबन्ध !

मुम्बई । चर्चित गायक मीका सिंहलाई बलिवुडमा काम गर्न प्रतिबन्ध लगाइएको छ । मीका सिंहले केहिदिन अघि पाकिस्तानमा पर्फर्मेन्स दिएको भन्दै अल इंडिया सिने वोर्कर एसोसियसनले मीकाविरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो


z