• २०८१ बैशाख ७ शुक्रबार

रनबीर र आलियाको किसिङ सिनमा सेन्सरको कैची  

kharibot

मुम्बई । बलिवुडमा अहिले अभिनेता रनबीर सिंह र आलिया भट्टको फिल्म गली ब्वायको चर्चा निकै चलिरहेको छ । फेब्रुअरी १४ मा रिलिज हुने यो फिल्म एक र्याप गायकको जिन्दगीमा आधारित रहेको छ । 

फिल्मको र्याप गीत अहिले निकै चर्चामा रहेको छ । चर्चित निर्देशक जोया अख्तरले निर्देशन गरेको यस फिल्ममा रनबीर सिंहले र्याप गायकको भूमिकामा रहेका छन् ।

यसै बीच भारतीय सेन्सर बोर्डले फिल्ममा रनबीर र आलियाबीचको किसिङ सिन हटाइदिएको छ । ट्रेलरमा समेत प्रयोग गरिएको सो सिनले टेलिभिजनलगायतका दर्शकलाई नकारात्मक असर गर्ने भन्दै सेन्सरले १३ सेकेन्ड कम गरेको बलिवुड हंगामाले उल्लेख गरेको छ । साथै किसीङ सिनको क्लोजअपलाई हटाएर वाइडर शट बनाइएको छ ।

साथै फिल्ममा अन्य कैयौ सिनमा सेन्सरले कैची चलाएको बताइएको छ । साथै फिल्ममा पार्टनरको रुपमा रक्सीका ब्रान्डलाई समेत हटाउन सेन्सरले निर्देशन दिएको छ ।

फिल्म प्रदर्शन अघि नै जर्मनीको बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको छ भने फिल्ममा रनबीर आलियाका साथै निर्देशक जोया अख्तरको समेत निकै तारिफ गरिएको छ ।
    
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै