प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

खरीबोट

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकाँश सांसदले निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले मुलुकको शान्ति सुरक्षा, चिया मजदुरको न्यूनतम पारिश्रमिक, हालैको वर्षाबाट इँट्टा उद्योग र बालीनालीमा पुगेको क्षतिलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सांसद लक्ष्मी परियारले मुलुकमा भइरहेका हत्या, हिंसा र बलात्कारका घटनाले नेपाली जनताले आफूलाई सुरक्षित रहेको महसुस गर्न नपाएको धारणा व्यक्त गरिन् ।

सांसद विमला विश्वकर्माले सरकारले चिया उद्योगमा कार्यरत मजदुरका लागि सरकारले एक वर्ष अघि घोषणा गरेको न्यूनतम ज्याला अझै पनि कार्यान्वयन नआएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा तत्काल पहल गर्न माग गरिन् ।

सांसद विरोध खतिवडाले निजी तथा सामुदायिक माध्यमिक विद्यालयमा कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था भए पनि त्यसपछि उच्च तहको शिक्षामा उक्त व्यवस्था नहुँदा विद्यार्थीलाई कठिनाई भएको बताए ।

सांसद सविना हुसेनले केही दिन अघिको असिना र पानीले रौतहटका इँट्टा उद्योग र बालीनालीमा ठूलो क्षति भएको हुँदा उद्योगी तथा किसानलाई राहतका कार्यक्रम घोषणा गर्न माग गरिन् ।

सम्बन्धित समाचार

प्रअ हुन एमफिल अनिवार्य

काठमाडौँ । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो आंैल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्ने सुझाव प्रतिनिधिसभा, शिक्षा तथा

एमबीबीएस र बीडीएसमा निर्धारित शुल्क कार्यान्वयन गर्न सरकारलाई निर्देशन

काठमाडौँ । चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस)का कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देश गरेको छ । विसं २०७५ असोज २८ गतेको मन्त्रिपरिषद्को बैठकले

प्रतिनिधिसभामा मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव राखेका

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दै छन् । बैठकलाई प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि


z