• २०८१ बैशाख ७ शुक्रबार

विक्की कौशल यी अभिनेत्रीसँग गर्दैछन् डेट 

kharibot

मुम्बई । बलिवुड अभिनेता विक्की कौशल यति बेला बलिवुडका सबै भन्दा सफल अभिनेता मध्येका एक हुन् ।

पछिल्लो समय एक पछि अर्को सुपरहिट फिल्म दिएका विक्कीको पछिल्लो फिल्म उरी एक सर्जिकल स्ट्राइकले बक्स अफिसमा दुईसय करोडभन्दा बढीको व्यापार गरेको छ । विक्कीको २०१८ मा राजी, संजु सुपरहिट भएका थिए ।

यसैबीचको विक्कीको अफ्येर्सको चर्चा पनि बलिवुड चलेको छ । केहि समय अघि एक टेलिभिजन शो मा विक्कीले आफु एक बर्षदेखि अफ्येर्समा रहेको खुलासा गरेसँगै विक्कीसँगको अफ्येर्समा रहेकी युवतीको खोजि भएको थियो ।

मिडिया रिपोर्टका अनुसार विक्कीले वेभ सिरिज ब्रोकनकी अभिनेत्री हरलिन सेठीसँग अफ्येर्समा रहेको खुलासा भएको छ ।  दुवै एक बर्षदेखि रिलेसनसिपमा रहेको बताइएको छ ।

विक्कीले एक अन्तर्वार्ताआमा आफुहरुको पछिल्लो एक बर्ष अत्यन्त उत्कृष्ट वितेको भन्दै दुवैलाई एक अर्काको कम्पनी राम्रो लाग्ने बताएका छन् । उनले आफ्नो सम्बन्धबाट आफु खुशी भएको बताए ।

विक्कीको उरी रिलिजको एक महिनासम्म पनि बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । उनी अब करण जोहरको मल्टीस्टारर फिल्म तख्तमा काम गर्दै छन् । तख्तमा विक्कीका अलावा रनबीर सिंह, आलिया भट्ट, भुमि पेड़नेकर, अनिल कपुर र जान्ह्वी कपुर रहेका छन् ।   
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै