• २०८१ बैशाख १२ बुधबार

नेप्सेमा गिरावट : पाँच वटा समुहले गुमाउँदा छ वटा समुहले कमाए

kharibot

काठमाडौं । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्सेमा झिनो अंकले गिरावट आएको छ । 

नेप्से आज शुन्य दसमलव ६७ अंकले घटेर ११ सय २८ दसमलव १९ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव दुई अंकले घटेर दुई सय ४० दसमलव २० बिन्दुमा झरेको छ । एक सय ६४ कम्पनीहरुको चार हजार एक सय १९ वटा कारोवारमा आठ लाख ४६ हजार सात सय ८० कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १९ करोड ४१ लाख ५९ हजार नौ सय ६५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहले गुमाएपनि छ वटा समुहले कमाएकाछन । गुमाउने समुहमा परेको बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ४७ अंकले घटेर नौ सय ६७ दसमलव ५५ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक आठ दसमलव १४ अंकले घटेर १४ सय २७ दसमलव ८५ बिन्दुमा झरेको छ । लघुबित्त, होटल र अन्य समुहको सुचक पनि घटेकाछन् । 

आज जलबिद्युत समुहको सुचक भने पाँच दसमलव ७१ अंकले बढेर ११ सय ५२ दसलव १० बिन्दुमा चढ्दा फाईनान्स समुहको सुचक पनि तीन दसमलव एक अंकले बढेर पाँच सय ९९ दसमलव ४९ बिन्दुमा चढेको छ । यि बाहेक निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ र उत्पादनमुलक समुहको सुचक पनि बढेकाछन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको जेविल्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ६३ पैसाले बढेर एक सय ४१ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको महालक्ष्मी बिकास बैंकको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ४८ पैसाले घटेर एक सय ६६ रुपैयाँमा कारोवार भएको छ । 

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभु बैंकको (संस्थापक) सेयरतर्फ प्रतिकित्ता एक सय ५० रुपैयाँ अन्तिम मुल्यमा तीन करोड १० लाख ५० हजार रुपैयाँको कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै