• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

kharibot

काबुल (अफगानिस्तान) । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ ।

स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उनको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन् ।

सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा देशको सेवा गर्नु भएको थियो ।

त्यसैगरी उनी सन् २००३ मा ‘लोया जिर्गा’ अध्यक्ष पनि भएका थिए । सन् २००१ को अन्त्यमा तालिबानहरुको शासन सत्ता अन्त्यपछि जारी भएको संविधान पनि उनले अनुमोदन गरेका थिए ।

पूर्व राष्ट्रपति मुजाद्धिद अफगानिस्तानको ‘नेसनल लिबरेसन फ्रन्ट’ नामक पार्टीको संस्थापक पनि हुन् । उनको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै