स्थायी राजधानी र नामाकरण विशेष समितिका सदस्य फेरबदल

खरीबोट

बुटवल  । प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिका सदस्यको फेरबदल भएको छ । 

प्रदेशसभाको आज बसेको बैठकले रुपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलवार, अर्घाखाँचीका चेतनारायण आर्चायको ठाउँमा बाँकेको बाबुराम गौतम र बर्दियाको दिपेश थारूको ठाउँमा रुकुुमका तेजप्रसाद ओली समितिको सदस्य भएका छन् । 

१५ सदस्यीय सो समितिले तीन महीनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्ने भनिए पनि करीब पाँच महीनाको समय बितेको छ । प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिको नाम हेरफेरको विषयलाई लिएर केही दिनअघि नेपाली काङ्ग्रेसले प्रदेशसभाको बैठक सञ्चालन गर्न अवरोध खडा गरेको थियो । 

त्यस्तै प्रदेश नं ५, खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य नारायणप्रसाद आर्चायले उत्खनन क्षेत्रमा जटिलता भएको उल्लेख गर्दै वातावरणीय पक्षलाई ध्यान दिएर खानी उत्खनन गर्न आग्रह गरे । 

अर्का सदस्य डिल्ली चौधरीले उत्खनन गर्दा पानीको स्रोतलाई बचाउनुपर्नेमा जोड दिँदै खानी उत्खनन गर्दा पहिलो प्रयोगकर्ता स्थानीय हुनपर्ने बताए । प्रदेशसभाका सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पानीको मुहान संरक्षण गर्ने बताए । 

यस्तै प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले र प्रदेश नं ५, तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्तुत गर्नुभएको सो विधेयक थप छलफलका लागि अर्थ, उद्योग, पर्यटन समितिमा पठाइएको छ । 

बैठकमा प्रदेश नं ५, प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक र प्रदेश नं ५, बालबालिकाको हकअधिकार संरक्षण गर्न बनेको विधेयक सामाजिक विकासमन्त्री सुदर्शन बरालले बैठकमा प्रस्तुत गरे । 

सम्बन्धित समाचार

एक बर्षमा आर्थिक वृद्धिदर वृद्धि, जनताको खर्चमा कमी : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी प्रदेश स्थापना दिवस

प्रदेश ५ सरकार सङ्घीय शासन प्रणालीको आधारका रुपमा खडा

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले एकवर्षको छोटो अवधिमा नै प्रदेश सरकार सङ्घीय शासन प्रणालीको महत्वपूर्ण आधारका रुपमा खडा भइरहेको बताएका छन्  ।  उनले मुलुक सङ्घीयतामा प्रवेश भएसँगै

शहीदको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताएका छन् । जनयुद्धको २४औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि बुटवलमा शुरु शहीद

मन्त्रीको गाडी किन्दा ५७ लाख भ्रष्ट्राचार ! 

रुपन्देही । प्रदेश ५ मा भएको गाडी खरीद प्रक्रियामा आर्थिक मितव्ययितालाई ध्यान नदिइएको प्रदेशसभा सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ ।  लेखा समितिको शुक्रबार बसेको बैठकले गाडी खरीद प्रक्रिया कानूनबमोजिम नै


z