डिपिएलमा रुपन्देहीको लगातार दोस्रो जित 

खरीबोट

कैलाली । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा रुपन्देही च्यालेञ्जर्सले लगातार दोस्रो जित निकालेको छ ।  आज भएको खेलमा रुपन्देहीले विराटनगर किंग्समाथि ५ विकेटको जित हासिल गरेको छ । 

विराटनगरले दिएको ९३ रनको लक्ष्य पछाएको रुपन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

रुपन्देहीको जितमा पुनित मेहराले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले २७ बलमा ४६ रन बनाए । एक रनमा पहिलो विकेट गुमाएको रुपन्देहीले १९ रन बनाउँदा तीन विकेट खेर फालेको थियो । त्यसपछि बबर हयात र मेहराले चौथो विकेटका लागि ३९ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । बबर हायातले १९ रन बनाएका थिए ।

रुपन्देहीका बलर अविनाश यादवले दुई विकेट लिएका थिए । 

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । खराब सुरुवात गरेको विराटनगरले चार रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि २८ रन बनाउँदा उसको तीन विकेट गएको थियो । हरिशंकर शाहले खाता खोल्न सकेनन् भने आसिफ शेखले आठ तथा असादुल्लाह खानले १६ रन बनाए ।

विराटनगरले ५७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । जसमा पृथु बास्कोटा ४, सुवास ऐर ९ तथा सम्शद शेख १० रनमा आउट भए । त्यस्तै कुशल भुर्तेलले १२ रन बनाएका थिए ।

त्यस्तै रुपन्देहीका बलर पुनित मेहराले ३ तथा ललित भण्डारी र बसन्त रेग्मीले २-२  विकेट लिएका थिए ।

रुपन्देही च्यालेन्जर्सका पुनित मेहरा खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

डिपिएल अन्तर्गत बुधबार दुई खेल हुने छन् । पहिलो खेल काठमाडौँ गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच हुने छ भने दोस्रो खेल विराटनगर किंग्स र धनगढी स्टार्सबीच हुने छ । 
 

सम्बन्धित समाचार

रुपन्देही ३३ रनमा अलआउट, जितपछि काठमाडौँ क्वालिफायरमा 

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा रुपन्देही च्यालेन्जर्स ३३ रनमा अलआउट भएपछि काठमाडौँ गोल्डेन्ससँग सय रनले पराजित भएको छ । जितसँगै काठमाडौँ गोल्डेन्स प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । काठमाडौँ

अत्तरियालाई पराजित गर्दै महेन्द्रनगरको पहिलो जित 

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिगको आज भएको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले सिवाईसि अत्तरियालाई पराजित गरेको छ । वर्षाले प्रभावित हुदा ६-६ ओभर खेलाइएको खेलमा अत्तरियाले दिएको ५५ रनको लक्ष्यलाई महेन्द्रनगरले

वर्षाले डिपिएलका आजका दुवै खेल रद्ध, सोमपालको टिम बाहिरियो 

कैलाली । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत आज हुने भनिएको दुवै खेल बर्षाका कारण रद्ध भएका छन् ।  विराटनगर किंग्स र काठमाण्डौ गोल्डेन्स तथा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल

डिपिएलमा बर्षाको प्रभाव, आजको पहिलो खेल रद्ध

कैलाली । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत आज हुने भनिएको विराटनगर किंग्स र काठमाण्डौ गोल्डेन्सबीचको खेल बर्षाका कारण रद्ध भएको छ । विहिबारदेखि परेको बर्षकाका मैदान हिलो भएपछि खेल


z