• २०८१ बैशाख ८ शनिबार

डिपिएलमा रुपन्देहीको लगातार दोस्रो जित 

kharibot

कैलाली । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा रुपन्देही च्यालेञ्जर्सले लगातार दोस्रो जित निकालेको छ ।  आज भएको खेलमा रुपन्देहीले विराटनगर किंग्समाथि ५ विकेटको जित हासिल गरेको छ । 

विराटनगरले दिएको ९३ रनको लक्ष्य पछाएको रुपन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

रुपन्देहीको जितमा पुनित मेहराले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले २७ बलमा ४६ रन बनाए । एक रनमा पहिलो विकेट गुमाएको रुपन्देहीले १९ रन बनाउँदा तीन विकेट खेर फालेको थियो । त्यसपछि बबर हयात र मेहराले चौथो विकेटका लागि ३९ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । बबर हायातले १९ रन बनाएका थिए ।

रुपन्देहीका बलर अविनाश यादवले दुई विकेट लिएका थिए । 

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । खराब सुरुवात गरेको विराटनगरले चार रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि २८ रन बनाउँदा उसको तीन विकेट गएको थियो । हरिशंकर शाहले खाता खोल्न सकेनन् भने आसिफ शेखले आठ तथा असादुल्लाह खानले १६ रन बनाए ।

विराटनगरले ५७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । जसमा पृथु बास्कोटा ४, सुवास ऐर ९ तथा सम्शद शेख १० रनमा आउट भए । त्यस्तै कुशल भुर्तेलले १२ रन बनाएका थिए ।

त्यस्तै रुपन्देहीका बलर पुनित मेहराले ३ तथा ललित भण्डारी र बसन्त रेग्मीले २-२  विकेट लिएका थिए ।

रुपन्देही च्यालेन्जर्सका पुनित मेहरा खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

डिपिएल अन्तर्गत बुधबार दुई खेल हुने छन् । पहिलो खेल काठमाडौँ गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच हुने छ भने दोस्रो खेल विराटनगर किंग्स र धनगढी स्टार्सबीच हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै