हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा

खरीबोट

अबुदाबी  । संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । 

अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले बताएका छन् । 

भारतका विदेश मन्त्री सुष्मा स्वराजले युएइको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई पनि कामकाजको भाषाको मान्यता दिएको जानकारी दिए । 

सामाजिक सञ्जाल ट्वीटरमा युएइको अदालतको प्रशंसा गर्दै उनले हिन्दी भाषालाई पनि युएइमा औपचारिक भाषाको मान्यता दिएकोमा धन्यवाद व्यक्त गरेकी छन् । 

यो निर्णयले न्याय सेवा प्रवाह थप प्रभावकारी हुने र आम नागरिक लाभान्वित हुने उनले विश्वास व्यक्त गरेकी छन् ।  युएइमा आप्रवासीहरु मध्ये सवै भन्दा धेरै भारतीय रहेका छन् ।

उनीहरु अधिकांश हिन्दी भाषी हुने गरेका छन् । त्यसैले पनि हिन्दी भाषालाई औपचारिक भाषाको रुपमा मान्यता दिनु पर्ने देखिएको हो । 

एक तथ्यांकका अनुसार दुबईमा तीन लाख भन्दा बढी भारतीयहरु रहेका छन् । उनीहरु प्राय भारतको उत्तरी र मध्य क्षेत्रबाट आउने गरेको गल्फ न्युजले लेखेको छ । 

सम्बन्धित समाचार

हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा

अबुदाबी  । संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ ।  अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता

पहिलो टी-२० मा अस्ट्रेलियासँग युएइ पराजित 

काठमाडौँ।  अस्ट्रेलियाले युएइविरुद्को पहिलो टी-२० क्रिकेटमा ७ विकेटको जित हासिल गरेको छ। युएइदिएको ११८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १६.३ ओभरमा ३ विकेट गुमाएर ११९ रन बनाएको थियो।  अस्ट्रेलियाका लागि ओपनर ओपनर

युएइले अस्ट्रेलियाविरुद्ध टी-२० खेल्ने मौका पायो 

काठमाडौँ।  नेपालसँगै गत मार्चमा एकदिवसीय क्रिकेटको अन्तर्राष्ट्रिय राष्ट्र र स्वतः टि-२० अन्तर्राष्ट्रियको मान्यता पुनः पाएको युएईले अस्ट्रेलियासँग  ऐतिहासिक टी-२० खेल्ने अवसर पाएको छ । यसअघि पाकिस्तानसँग टी-२० सिरिज अघि अस्ट्रेलियाले युएईसँग

अफगानिस्तान प्रिमियर लिग खेल्न सन्दीप युएइतर्फ, पहिलो खेल आजै खेल्ने

काठमाडौँ। टि-२० विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शनपछि नेपाली युवा बलर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग खेल्न युएइ तर्फ लागेका छन्।   अफगानिस्तान प्रिमियर लिगको टिम नगरहर लिओपार्डसको लागि खेल्न शुक्रबार रातिनै युएई


z