• २०८१ बैशाख १२ बुधबार

फोहोर व्यवस्थापन स्थल सिसडोलको अनुगमन 

kharibot

काठमाडौं । मंगलबार महानगरको वातावरण व्यवस्थापन समितिका पदाधिकारीले वातावरण व्यवस्थापन बिभागका अधिकारीसहित फोहोरको अन्तिम व्यवस्थापन कार्यको अवलोकन गरेका छन् । 

उपत्यकाबाट उत्पादन भएको फोहोर ढुवानी, ल्याण्डफिल्ड साइटमा पुर्याउदाको अवस्था, साइटको व्यवस्थापन, पूर्वाधार, उपकरण र जनशक्ति परिचालनसँगै फोहोरबाट स्थानीयमा परेको प्रभावका बिषय हेरिएका थिए ।

त्यस्तै दीर्घकालीन ल्याण्डफिल्ड बञ्चरेडाँडाको पूर्वाधार, त्यहाँसम्म पुग्ने सडक निर्माणमा भएको प्रगति, सिसडोलस्थित साइटको ल्याण्ड स्केपिङ् (उबडखाबड मिलाउने कार्य) गर्न अबको योजना के हो ? पदाधिकारीले अधिकारीलाई जिज्ञासा राखेका थिए । 

सो जिज्ञासामा जानकारी गराउँदै अधिकारीले बञ्चरे डाँडामा पुग्ने सडक निर्माण कार्य भइरहेको, बञ्चरेडाँडामा साइट निर्माण गर्न माटो परीक्षणको काम भइरहेको, यस क्रममा ४ ठाउँको काम सकिएको जनाउँदै, आउँदो बर्खा यामका सम्भावित समस्या र समाधानका उपायका बिषयमा स्थलगत छलफल भएको थियो । 

स्थलगत भ्रमणका लागि समितिका संयोजक एवं वडा १२ का अध्यक्ष बिकास डंगोल, महानगरका प्रबक्ता ईश्वरमान डंगोल, समितिका सदस्य एवं वडा ४ का अध्यक्ष मोहनबहादुर बिष्ट, वडा २६ का अध्यक्ष ख्यामराज तिवारी सिसडोल पुग्नुभएको हो । उहाँहरुले साइटमा पुगेपछि, फोहोर व्यवस्थापनका बिगत अभ्यासमा जानकारी लिँदै, स्थानीय र काठमाडौंको बराबरी जीत के मा हुन सक्छ ? बिभागका योजना सोधेका थिए । 

अबलोकनपछि प्रवक्ता ईश्बरमान डंगालले बञ्चरेडाँडाको पूर्वाधार सक्दो छिटो सक्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको जानकारी गराउँदै, बञ्चरे नजाउञ्जेल सिसडोलको ब्यवस्थापनमा कमी हुन नदिने बताए । हामीले साइटको प्राविधिक पक्ष पनि बुझेका छौं । अब स्थानीयसँग कुरा गरेर उनीहरुको जमिनबाट माटो ल्याउँछौं र सिसडोलको उबडखाबड मिलाउँछौं ।

फोहोर व्यवस्थापन संवेदनशील बिषय हो । यसको व्यवस्थापनमा हामी त्यत्तिकै गम्भीर छौं, प्रवक्ता डंगालेको भनाइ थियो ।  

अहिले नुवाकोटको ककनी गाउँपालिकाको सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको छ । यो र आसपास क्षेत्रसहित र धादिङ्गको धुनीबेँसी नगरका केही ठाउँलाई फोहोर प्रभावित क्षेत्रका रुपमा लिइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै