• २०८१ बैशाख ८ शनिबार

अदालत परिसरबाटै अभियुक्त फरार

kharibot

कैलाली । जिल्ला अदालत परिसरबाट आज एक अभियुक्त फरार भएका छन् । 

जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाइलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । 

हतकडी लगाएकै अवस्थामा दमाईं फरार भएको जनाइएको छ । फरार दमाईंको पक्राउका लागि खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक वलीले बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै