गोपाल खड्का दुई करोड ५० लाख घरौटीमा छुटे 

खरीबोट

काठमाडौँ । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई रु दुई करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ । 

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले मंगलबारको बहसपछि खड्कालाई नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा छुट्ने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते अकूत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । 

खड्काले आफू पदमा रहँदा रु १८ करोड ६६ लाख बराबरको गैरकानूनी सम्पत्ति कमाएको आयोगले दर्ता गरेको मुद्दामा उल्लेख थियो । 

आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार २ वर्षसम्म कैद सजाय, बिगोबमोजिम जरिवाना तथा बिगो भराउन माग गरिएको थियो । खड्काले श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको थियो ।  
 

सम्बन्धित समाचार

गोपाल खड्का दुई करोड ५० लाख घरौटीमा छुटे 

काठमाडौँ । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई रु दुई करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ ।  विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल

गोपाल खड्काविरुद्ध १८ करोड ६६ लाखको बिगो माग गर्दै मुद्धा दायर 

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।  अख्तियारले अकुत सम्पत्ति कमाएको आरोप लगाउदै खड्काविरुद्ध १८ करोड

गोपाल खड्का मन्त्रालय तानिए, सुशील भट्टराई बने निगमका कामु प्रमुख 

काठमाडौँ । आयल निगमका विवादित कार्यकारी निर्देशक गोपाल खड्का आपूर्ती मन्त्रालयमा तानिएका छन् ।  पेट्रोलियम पदार्थको जग्गा खरिदमा भएको अनियमितता छानविनका लागि मन्त्रालय तानेर जिम्मेवारी खोसेको छ । सोमबार आपूर्ती मन्त्री

गोपाल खड्कालाई मन्त्रालयमा तानियो, निर्वाचन आयोगले दियो सहमति

काठमाडौँ ।  निर्वाचन आयोगले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ ।  आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आयोगसंग सहमति


z