• २०८१ बैशाख ७ शुक्रबार

पाँच दिनपछि हवाई सेवा सञ्चालन

kharibot

तस्बीर : रासस

हुम्ला । हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ । बुधबारदेखिको भारी हिमपातपछि रोकिएको सिमकोट विमानस्थल आजदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए । 

सिमकोट विमानस्थलमा जमेको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले तीन दिनदेखि लगातार पन्छाएपछि आज ३ बजेदेखि हवाई सेवा सञ्चालनमा आउन सकेको प्रजिअ ढुङ्गानाले बताए । आज ३ः३० बजेदेखि नेपालगञ्जदेखि निजी एयरलाइन्सहरु तारा, सीता, समिटले उडान भरेका हुन् । 

पाँच दिनसम्म आवतजावत गर्न नपाएका यात्रुलाई सहज भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले बताए । नेपालगञ्जदेखि निजी एयरलाइन्सले खाद्यान्न ढुवानी गरेका छन् भने हुम्लाबाट यात्रु लिएको समिट एयरलाइन्सका कालीबहादुर बोहराले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै