तीनै तह मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

खरीबोट

चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले संविधान कार्यान्वयन गराउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताए । 

पूर्वराष्ट्रपति यादवले भने, “हामी विधिविधानअनुसार लोकतान्त्रिक परम्पराअनुसार चलेका छौँ कि छैनौ हेर्ने समय आएको छ ।” संविधान निर्माणका लागि राज्यको ठूलो मिहिनेत र कसरत रहेको बताउँदै उहाँले यसलाई संस्थागत गर्ने जिम्मेवारी सबै तहको रहेको बताए । 

शिक्षा क्षेत्रको विकासका लागि स्थानीय जनता जागरुक हुँदै स्थानीय तहलाई घच्घच्याउनु आवश्यक रहेको भन्दै उहाँले शिक्षाले मानिसलाई नैतिक बनाउन सिकाउने बताए । उनले नैतिकता नभएको मानिस रोबोटजस्तो बन्ने पनि बताए । शिक्षाबिना विकास सम्भव नरहेको बताउँदै उहाँले शिक्षा क्षेत्रको विकासले मात्र मुलुकको विकास हुने बताए । देशको विकासका लागि शिक्षा महत्वपूर्ण अङ्ग रहेको उनको भनाइ थियो । 

अहिले सामुदायिक विद्यालयमध्ये ८० प्रतिशत विद्यालय धराशायी बनेको बताउँदै उनले ती विद्यालयको संरक्षणका लागि सबै लाग्नु आवश्यक रहेको बताए । देशको विकासलाई अघि बढाउनका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि मिलाएर लैजानुपर्ने यादवको भनाइ थियो । 

कार्यक्रममा प्रदेश नं ३ का सदस्य कृष्ण भूर्तेल, मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, शिक्षा समन्वय इकाईका वीरेन्द्रजङ्ग सुवेदी, तत्कालीन जिविसका सभापति कृष्णलाल सापकोटा, भरतपुर महानगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद आचार्य लगाएतले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रराज सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयले प्राविधिक शिक्षाका लागि जियो म्याट्रिक्स (सर्वे इञ्जिनीयरिङ) पठनपाठन गर्नका लागि निर्माण गरेको नयाँ भवनको समेत उद्घाटन गरिएको थियो । छकोठे दुईतले सो भवन ५६ लाखको लागतमा निर्माण गरिएको हो । 

विसं २०२० सालमा स्थापना भएको सो विद्यालयले २०४३ सालबाट प्रवेशिका परीक्षामा सहभागिता जनाउँदै आएको छ । अहिले सो विद्यालयमा एक हजार ५७ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयका प्रधानाध्यापक रेशमबाबु ढकालले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा विद्यालयका पूर्वशिक्षक, कर्मचारी, चन्दादाता, वर्तमान शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो ।  
 

सम्बन्धित समाचार

तीनै तह मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा

अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

काबुल (अफगानिस्तान) । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ । स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उनको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन् । सन् १९९२ को

संविधान कार्यान्वयनमा जिम्मेवार बन्न काङ्ग्रेसलाई पूर्वराष्ट्रपतिको आग्रह

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेको बताए । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुशको निधन

काठमाडौँ। अमेरिकाका ४१औ राष्ट्रपति जर्ज एचडब्लु बुशको निधन भएको छ। ९४ बर्षिय पुर्वराष्ट्रपति बुशको आज निधन भएको अमेरिकी मिडियाले उल्लेख गरेका छन्।  गत अप्रिलमा उनकी श्रीमती बारबरा बुशको निधनपछि बुशको स्वास्थ्य


z