• २०८१ बैशाख १२ बुधबार

रुनु किन हुन्छ फाइदाजनक ?

kharibot

सोलुखुम्बु । हामी रुनुलाई कमजोरी र लज्जाको रुपमा लिन्छौं । हरेक क्षण सबैलाई खुशी हुन र हाँस्न सिकाउँछौं । हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक हो भन्छौं । रुनु हुदैन भन्छौं । 
जब हामीलाई ठुलो दुख पर्छ । पिडाबोध हुन्छ वा अनयास हर्ष मिल्छ तब रुन्छौँ । तर कसैले देखेमा त्यसलाई कमजोरी वा गलत कार्यको रुपमा लिन्छौं । मान्छेलाई पिडाबोध वा तनाव भएमा रुन मन लाग्छ । तर समाजले रुनु हुदैन भन्छ । 

नरुनाले मनमा कुन्ठा उत्पन्न हुन्छ । कुन्ठाले मन र मस्तिष्कमा झन तनाव बढाउँछ । रुनु प्राकृतिक र स्वभाविक प्रकृया हो । जसरी मान्छेलाई दिसा पिसाव लाग्छ । त्यसलाई त्याग (फालिएन) गरिएन भने शरिर भित्र असर गर्छ । स्वास्थ्यमा गडबढि हुन्छ । हो त्यस्तै तनाव वा पिडा भएर रुन मन लाग्दा रुन दिईएन भने थप तनाव बढ्छ । जसरी दिसा पिसाव गर्दा आनन्द हुन्छ । त्यसै गरी धक फुकाएर रुनाले मन हलुङ्गा र आनन्द हुन्छ । हाँस्नाले शरिर भरि हर्षभाव सञ्चार भए झै रुवाई पछि शरिर चङ्गा हुन्छ । 

रुवाई पनि विभिन्न प्रकृतिका हुन्छन् । मान्छे र पिडाको प्रकृति अनुसार फरक तरिकाले रुने गरिन्छ । कुनै बेला तनाव गराउने कुरा कसैलाई सुनाउँदै रुनाले मनमा शान्ति मिल्छ भने कुनै बेला कसैले नदेख्ने गरि धकि धकि रुनाले तनाव कम हुन्छ । रुदाँ आँखाबाट आँसु मात्र बग्दैन । आँसुले तनाव र पिडालाई पनि बगाउँछ । पिडा बगि सके पछि मनमा हर्षले ठाउँ पाउँछ ।
रोदन र हर्षको चक्र नै जिवन हो ।

लेखक :सुरेश बाबु जमरकट्टेल ( सुवाश)

म सडक दुर्घटनामा परि जिवन उभ्याउने वा चलाउने मुख्य अङ्ग मेरुदण्डमा (स्पाईनल इन्जुरी) जस्तो गम्भिर चोट लागि मानव जिवन कै सबै भन्दा ठुलो पिडामा परेको आज ४०औं दिन भयो । मेरा आमा बुबा लगायत हजारौँ आफन्त शुभचिन्तकहरुले मलाई स्वास्थ्य लाभको प्रार्थना गर्दै सबै क्षण हाँस्न प्रेरणा दिनु हुन्छ । कसैले पनि रुन दिनु भएन । सिकाउनु पनि भएन ।

पिडा सहन नसकी रुन मन लाग्दा पनि रुने वातावरण नै भएन । पिडा मन मै झन झन कुन्ठा बन्थ्यो । राति मलाई रुग्न बस्ने आफन्त निदाए पछि म पनि धकि धकि धक फुकाएर रुन्छु अनि मन हलुङ्गा र चङ्गा हुन्छ आनन्दको निन्द्रा आउछ । त्यसैले मलाई लाग्छ रुनु कमजोरी र लज्जाको विषय मात्र नभई मानव जिवनको लागि आवश्यक पर्ने विभिन्न तत्वहरु मध्ये रुनु आँसु बगाउनु पनि प्राकृतिक र स्वभाविक प्रकृया हो । रुनु एक प्रकारको प्राकृतिक औषधि हो । उपचार हो ।  तर रुनु प्राकृतिक र स्वभाविक प्रकृया हो, भन्दैमा सानो वा सामान्य पिडामा पनि रोई रहने, चिन्ता लिई रहने गरेमा भने त्यो कमजोरी र लज्जाको विषय मात्र नभई तनाव वा डिप्रेसनको जग बन्न सक्छ । 

मानव स्वास्थ्यका लागि समय समयमा खाना खानु फाईदाजनक हुन्छ तर खाको खाई गरे उल्टो असर गर्छ, हो रुनु पनि त्यस्तै हो । जुन सुकै बेला रुनु हुन्न । त्यसैले गर्दा बेला बेला रुनु पनि पर्छ । हाँस्नु जस्तै रुनु पनि जिवनको एक अभिन्न पाटो हो ।

सुरेश बाबु जमरकट्टेल ( सुवाश)
नेचा, सोलुखुम्बु

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै