• २०८१ बैशाख ७ शुक्रबार

गजल

kharibot

घुस नखाने, चोरी नगर्ने काल आएर गयो

पहिलो भेटमै मेरुदण्डमा चोट लाएर गयो ।

मलाई पनि दिनसम्म दियो दुःख उसले

काम पुरा नगरी उ आफै दुख पाएर गयो ।

बाँच्नु नै  जीवन रहेछ, हामी हर्षमा गाउँदै छौँ

थाहा भएन  उसले कुन.कुन गीत गाएर गयो ।

सबैलाई  मित्र देख्ने म, काल पनि मित्र बन्यो

ऊ टाढा थियो वा नजिक मसम्म धाएर गयो ।

ममा के गुण वा दोष थियो थाहा भएन

निकै संघर्ष गर्यो र अन्त्यमा  हार खाएर गयो ।।

सुवास जमरकट्टेल

स्पाइनल इन्जुरी रिहाविटेसन सेन्टर

साँगा, काभ्रे

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै