• २०८१ बैशाख ७ शुक्रबार

चुम्बनसँग सम्बन्धित केही रोचक तथ्य 

kharibot

काठमाडौँ । प्रणय सप्ताह चलिरहेको छ । आज फेब्रुअरी १३ किस डे अर्थात् चुम्बन दिवस । आजको दिन विश्वभरका प्रेमिल जोडीले एकअर्काप्रतिको माया चुम्बनको माध्यमले आदानप्रदान गर्छन् ।  

चुम्बन प्रेम प्रस्तुत गर्ने एक माध्यम हो भन्ने कुरा त सबैलाई थाहै छ । योबाहेक पनि चुम्बनसँग सम्बन्धित केही वैज्ञानिक शोध, अध्ययन र विश्व रेकर्ड पनि छन् जसको बारेमा तपाईंलाई थाहा नहुन पनि सक्छ । चुम्बनसम्बन्धी केही रोचक तथ्य यसप्रकार छन् :

हार्मोन रिलिज हुन्छ 

चुम्बन गर्ने समयमा एड्रेनलिन र नरएड्रेनलिन नामक हार्मोन रिलिज हुन्छ जसले मानिसलाई उत्तेजित बनाइराख्छ । यसले मुटुको धड्कन पनि बढाउँछ र शरीरमा जम्मा भएर बसेको सुगर टुक्रिएर ऊर्जा प्रदान गर्छ । 

चुम्बन गर्दा दाहिनेतिर शिर ढल्काउँछन् 

जर्मनीका एक अनुसन्धाताले संयुक्त राज्य अमेरिका, जर्मनी र टर्कीमा सार्वजनिक स्थलमा चुम्बन गर्ने २ सय २४ जोडीमाथि अनुसन्धान गरेका थिए । उनले करीब दुई तिहाइ जोडीले चुम्बन गर्दा दायाँतिर शिर झुकाउने गरेको तथ्य फेला पारे । 

मांसपेशीको कसरत 

चुम्बन गर्दा ओठमात्र सक्रिय नभई १ सय ४६ ओटा मांसपेशीको व्यायाम हुन्छ ।

प्रतिरोधात्मक क्षमतामा वृद्धि 

चुम्बन गर्नाले मानिसको प्रतिरोधात्मक क्षमता सबल हुन्छ, पीडाबाट छुटकारा मिल्छ र प्रतिमिनेट ३÷४ क्यालोरी बर्न हुन्छ । 

विश्व रेकर्ड 

हरेक क्रियाकलापको विश्व रेकर्ड भएजस्तै चुम्बनको पनि विश्व रेकर्ड छ । थाइल्यान्डका एक जोडीले ५८ घण्टा ३५ मिनेट ५८ सेकेन्डसम्म एकअर्कालाई चुम्बन गरेर सबैभन्दा धेरै समय चुम्बन गर्ने विश्व रेकर्ड बनाएका छन् । 

जीवनमा कतिपटक चुम्बन गर्छन् ?

एक शोधका अनुसार मानिसहरु आफ्नो जीवनमा औसतमा २० हजार १६० मिनेट अर्थात् दुई हप्ता चुम्बनमा बिताउँछन् । 

फिलेमेटोलोजी

चुम्बनसम्बन्धी अध्ययनलाई फिलेमेटोलोजी भनिन्छ । यसको सुरुवात १९औं शताब्दीमा भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै