• २०८१ बैशाख ११ मंगलबार

नेता खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले आज खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिँदै नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको सम्बन्ध र आपसमा सहयोग हुँदै आएको अवगत गराए ।

उनले आगामी दिनमा चीन सरकार र जनताको तर्फबाट नेपालको समृद्धि र विकासको लागि अझ फराकिलो दायरामा सहयोग प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे ।

नेता खनालले नेपाल एक चीन नीतिमा दृढ रहेको र यो भूमिलाई कुनै पनि चीन विरोधी क्रियाकलापमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

राजदूत यानछीले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गर्दै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धिमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै