• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा गिरावट : उत्पादमुलक बाहेक सबै समुहको सुचक घट्यो

kharibot

काठमाडौं । साताको चौथो कारोवार दिन आज बुधबार पनि नेप्सेमा उच्च अंकले गिरावट आएको छ । 

नेप्से आज सात दसमलव ११ अंकले घटेर ११ सय २१ दसमलव आठ बिन्दुमा झर्दा सेन्सिटिभ एक दसमलव ७६ अंकले घटेर दुई सय ३८ दसमलव ४४ बिन्दुमा झरेको छ । एक सय ७४ कम्पनीहरुको चार हजार नौ सय २८ वटा कारोवारमा आठ लाख १२ हजार तीन सय ८७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २३ करोड ८८ लाख ३६ हजार आठ सय ३८ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक समुहको सुचक उच्च अंकले बढेको छ भने बाँकी समुहको सुचकहरु घटेकाछन । बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ६७ अंकले घटेर नौ सय ६० दसमलव ८८ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक छ दसमलव २८ अंकले घटेर १४ सय २१ दसमलव ५७ बिन्दुमा झरेको छ । 

यसैगरी जलबिद्युत समुहको सुचक पनि १० दसमलव ६१ अंकले घटेर ११ सय ४१ दसमलव ४९ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक २६ दसमलव ७१ अंकले घटेर पाँच हजार तीन सय ७५ दसमलव ७३ बिन्दुमा झरेको छ । यसैगरी फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल, अन्य र लघुबित्त समुहको सुचकमा पनि उच्च बिन्दुले गिरावट आएको छ ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको चौतारी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८२ पैसाले बढेर तीन सय ५८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नयाँ नेपाल लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले घटेर पाँच सय १३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी  रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नागरिक लगानी कोषको भने प्रतिकित्ता २६ सय १० रुपैयाँ अधिकतम मुल्यमा एक करोड ३२ लाख ३१ हजार दुई सय ५९ रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै