• २०८१ बैशाख १४ शुक्रबार

राप्रपाका एजेन्डामा सम्झौता हुन सक्दैन : नेता पराजुली 

kharibot

वीरगंज । राप्रपाका वरिष्ठ नेता राजिब पराजुलीले पार्टीले अबलम्बन गरेको नीति र मुद्दा मधेसमा लोकप्रिय रहेको बताएका छन् । 

पार्टी र संगठनको सकृयता र मेहनत बढाउन आबश्यक भएको चर्चा गर्दै नेता पराजुलीले पार्टीले बोकेको एजेन्डामा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे । 

राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिको निमित्त राप्रपालाई बलियो बनाउनु पर्ने आवश्यकता औल्याए । स्वाभिमान यात्रालाई सफल बनाउनको लागि सबै कार्यकर्ता तयार रहन पनि पराजुलीले आग्रह गरे । 

सो अबसरमा बोल्दै राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले बिदेशी दबाब र  प्रभावलाई रोक्नको निमित्त युबा पुस्ता चनाखो हुनुपर्नेमा जोड दिए । केन्द्रिय सदस्य प्रकाश रिमालले पार्टीलाई नयाँ पुस्तामा लैजानको निमित्त युबा पुस्तालाई आकर्षित गर्नुपर्ने बिचार व्यक्त गरे । 

अर्का केन्द्रिय सदस्य गोपाल पौडेलले स्वाभिमान यात्राको क्रममा मिडियाको परिचालन र सहयोग लिन आग्रह गरे । केन्द्रिय सदस्यद्वय मनोज ढुङ्गेल,बिनोद भारतीलगायते बोलेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै