• २०८१ बैशाख १३ बिहीबार

एनएमबि बैंकले बेलायतको सिडिसी ग्रुपबाट भित्र्यायो विदेशी ऋण 

kharibot

काठमाडौँ । एनएमबि बैंकले विदेशी संस्था सिडिसि ग्रुपबाट १ करोड ५० लाख अमेरीकी डलर कर्जा लिन सफल हुने नेपालको पहिलो बैंक भएको छ । सिडिसि ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । 

यो संस्थाले सव– साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरुमा रोजगार श्रृजना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ ।

सिडिसिले यस बैंकको स्थलगत भ्रमणमार्फत बैंकको योजना, क्षमताको समिक्षा लगायतका विष्तृत अध्ययन गरी लगानीका लागि प्रतिवद्वता जनाएको हो ।

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकबाट जारी बिदेशी लगानी सम्बन्धी नीतिगत व्यवस्थालाई पूर्ण रुपमा उपयोग गरी देशमा फेरि पनि विदेशी लगानी भित्र्याउन सफल भएको छ । 

यस लगानीले विगत लामो समयदेखि देखिदै आएको तरलता समस्या समाधानका लागि सहयोग पुग्नुका साथै पूर्वाधार विकास, कृषि, साना तथा मझौला, लघु कर्जा र विदेशी मुद्रा आर्जन हुने पर्यटन तथा हाइड्रोपावर क्षेत्रमा लगानी गरी दिगो विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

एनएमबि बैंकले सिडिसि ग्रुप सहित तीन वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लागानी भित्र्याइसकेको छ र यस्तो कर्जा लगानी भित्र्याउने एनएमबि बैंक नेपालको पहिलो बैंक हो ।

साथै, एनएमबि बैंकले बेलायत स्थित फाइनान्सियल टाइम्सबाट लगातार यस वर्ष पनि “बैंक अफ दि ईयर २०१८” को सम्मान प्राप्त गर्न सफल भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै